राजकुमार साह
कञ्चनपुर,माघ २३ गते । कञ्चनरुप नगरपालि ४ स्थित मालपोत कार्यालयमा आज अख्तयिारले छापा मारदा सेबाग्राहीबाट १५ हजार रकम घुस सहित अरुण कुमार यादव रंगेहात पक्राउ परेको छ ।
अख्तीयार दूरुपयोग अनुसन्धान कार्यालय ईटहरीबाट खठेको टोलीले छापा मार्दा तिरहुत गाउपालिका साविक बदगामाका अरुण कुमार यादवलाई सेवाग्राहीबाट घुस लिएको रकम नगद सहित पक्राउ गरेकोछ ।
मलपोतमा लेखापढी व्यवसाय अरुण कुमार यादवले सेवा ग्राहीको जग्गाको नक्सा मिलाई दिने भनि १५ हजार रुपैया लेनदेन गरेको छ । शेबाग्राही हनुमाननगर कंकालीनि ३का शम्भु खिरैहइर यादव हुन । आराेपी अरुण कुमार यादवका अनुसार नापीशाखाका नि. क्रमचारी हरिचन्द्र ठाकुरसंग शेबाग्राही खिरैहइरको लेनदेनको कुरा भएको थियो । तर आज काम गराउन आउँदा सो रकम मलाई दिएको हो ,यसमा आफु संलगन नरहेको बताए ।
उक्त विषयमा अवलोकित दैनिकका समाचारदाता घटनास्थलमा अख्तीयारसंग सुचना माग्दा अख्तीयारका कर्मचारीले हाम्रो ओफिस (कार्यालय) इटहरीको सम्पर्क नम्बर लिनुस त्यहबिाट सबै जनकारी दिइनेछ । फिल्डबाट हामीलाई दिन मिल्दैन । कार्यालयसंग बुझदा अहिले जनकारी आएको छैन , आएपछि भन्छु वा अख्तीयारको वेबसाइडमा खोजनुस भने बताए ।
प्रतिक्रिया