कञ्चनरुप ५मा चालु आबको पूर्वाधार विकास बजेटको ५३ प्रतिशत काम सम्पन, ४८ प्रतिश्त काम अझै सुरु भएन

  • माघ २५, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,माघ २५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ ले चालु आर्थिक वर्षको  पूर्वाधार तर्फ ५३ प्रतिशतकाम सम्पन गरेको छ । आवको ६ महिना बिते पनि ४८ प्रतिश्तकाम अझै सुरु नभएको वडा कार्यालयले जनाएको छ । चालु आवमा वडा नम्बर ५ मा पूर्वाधारतर्फ  ९० लाख २५ हजार रकम बजेट विनयोजन गरिएको छ । 

वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश साहका  अनुसार चालु आवमा पारित  योजनामध्ये ४८ लाखको पूर्वाधार  निर्माण कार्य सम्पन्न भईसकेको छ । चालु आ.व.मा वडा नं. ५ मा वडा सिलिङ्ग वजेट कुल १ करोड १ लाख ६५ हजार  विनयोजन गरिएको छ , भने  नगरस्तरीय पूर्वधार निर्माण तर्फ ९० लाख छ ।साथै गत आ.व.मा काम सम्पन्न हुननसकेकोले चालु आ.व. २०७७÷०७८मा समावेश हुने योजनाहरुमा क्रमागत रकम ३६ लाख ७५ हजार, चालु आ.व.को वित्तिय समानिकरण रकम ६४ लाख ९० हजार छ । 

नगरयोजना र वडाको संयुक्त योजना गरी ९० लाखको खटर साहको घर पसल देखि वकाल सम्म सडक कालो पत्रेको नगरपालिकाद्धारा टेन्डर(ठेका) भएपनि यी योजनाको कार्य शुरु       नभएको वडा अध्यक्ष साहले वताए । उनले भने,२ लाखको अति विपन्न परिवारलाई चर्पी रिङ्ग वितरण कार्य,१ लाखको भगवती रा.प्रा.वि.पथरी मर्मत सम्भार तथा ब्यवस्थापन कार्य र ७५ हजारको साविक पथरी विर्तामा बोरिङ्ग  जडान कार्य चाडै संचालन हुने वताए ।
वडा अध्यक्ष साहका अनुसार ३ लाखको वडाभरि मर्मत सम्भार काम हाल चालु अवस्थामा छन्  । चैत मसान्त सम्ममा नगर योजना र वडाको सिलिङ्ग योजना सम्मपन हुने प्रतिवध्ता वडा अध्यक्ष साहले गरेको छ  ।

प्रतिक्रिया