कञ्चनपुर, माघ २६ गते । प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छ्न ।
दलित सरोकार मंच नेपाल सप्तरीद्वारा सोमबार सप्तरीको महुलीमा आयोजित दलित सशक्तीकरण ऐना कार्यान्वयन अवस्था चुनौती र अबसर बिषयक दलित अगुवा संग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले दलित सशक्तिकरण कार्यान्वयना लागि व्यवस्था गरिएको समितिहरुमा चाडै नियुक्ती गर्न लागेको बताए ।
कार्यक्रमको प्रमुख अथितिका रुपमा बोल्दै मन्त्री साहले दलित समुदायको हक अधिकार सुनिश्चितताको लागि प्रदेश २ सरकारले दलित सशक्तीकरण ऐन ल्याएको बताए । ‘दलित अगुवा तथा बिज्ञहरुसंग पटकपटक छ्लफल गरेर ऐन बनाएका हौ ।’ मन्त्री साहले भने, ‘ऐन कार्यान्वयन चरणमा छ ।’
दलित सशक्तिकरण ऐनामा दलित समुदायका शिक्षा, स्वास्थ, रोजगार, आरक्षण सहितका धेरै सुबिधाको ब्यबस्था हामीले गरेका छौं । मन्त्री साहले भने,‘चाँडै समितिहरु गठन गरेर ऐन कार्यान्वयनमा ल्याउन म प्रतिबद्धता छु ।’ कर्मचारी अभावले काम गर्न केही कठिनाई हुने गरेको बताउदै मन्त्री साहले दलित अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे । प्रदेश २ सरकार उत्पीडित जाती समुदायको प्रतिनिधि गर्ने सरकार रहेको दाबी गर्दै मन्त्री साहले ऐन कार्यान्वयनमा आएपछि दलित माथी हुने सबै प्रकारको भेदभाव समाप्त हुने उल्लेख गरे ।
दलित समुदायको उत्थानका लागि प्रदेश २ सरकारले महत्त्वपूर्ण कामहरु गरेको चर्चा गर्दै मन्त्री साहले आफ्नो संसदीय कोष र मन्त्रालय समेतले दलित समुदायको हकमा बजेटलाई प्रथामिकतामा राखेको बताए । मन्त्री साहले हाल नेपाल देश बिना संबिधान चलिरहेको बताएका छ्न ।
केन्द्र सरकारको बलमिचाईले संबिधानको बर्खिलाप भएको बताउदै मन्त्री साले भने,हामी बिना संबिधानको शासन ब्यबस्थामा छौ । प्रधानमन्त्री ओलिको एक क्षत्रीय तानाशाही शासन ब्यबस्थाले प्रतिगामी शक्तिलाई बल पुगेको भन्दै मन्त्री साहले गैरसंवैधानिक कदमको सबै मिलेर प्रतिरोध गर्नुपर्नेमा जोड दिए । जनता समाजवादी दलित संघका संयोजक श्याम सरदारले दलित सशक्तीकरण ऐना ल्याएको भन्दै प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे । उनले सातवटा प्रदेश मध्य छवटा प्रदेशमा दलितको अधिकारका लागि चर्चा समेत नभएको अवस्थामा प्रदेश नम्बर २ ले ऐन बनाएर दलितको उत्थानको पक्षमा उद्वरता देखाएको बताए ।
पत्रकार भोला पासवानले ऐनमा पुर्ण आरक्षणको ब्याबस्था रहेकोे बताए । ऐना कार्यान्वयनमा जोड दिदै पासवानले ऐनमा प्राप्त दलित हक अधिकारको बारे दलित समुदाय जानकार हुनुपर्ने आबश्यकता औलाए । कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै पासवानले ऐन लागू हुने साथ दलित समुदायको अधिकाँश समस्य हल हुने दाबी गरे । दलित सरोकार मंच नेपालका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपाकाकी उपप्रमुख कबिता सरदार, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देवि सरदार, तिरुहुत गाउँपालिकाका उपाध्यक्ष तिर्थमाया खंगले कानुनले छुवाछूत प्रथाको अत्य गरेपनी अझै पनि व्यबहारमा कायम रहेको बताए ।
उनीहरुले पदमा रहेपनि दलित भएको कारण आफ्नो अधिकार प्रयोगमा गैर दलितहरूले महत्व नदिदा अपमान महुसुस हुने गरेको गुनासो सुनाईन । अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित थारु फुडलाईन होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रथम लाल राम,रंजना कुमारी राम, मुन्नी कुमारी खंग,अर्चना परियार, दुर्गादेवि खंग, बेलि देवि राम देवलाल खंग,मनोज राउत मेहतर, कपेलेश्वर सरदार, रुपलाल बिश्वकर्मा, सियाराम पासवान,डिक बहादुर बिश्वकर्मा, कमानन्द रामले ऐनलाई प्रभावकारी रुपले स्थानीय तहहरुले पनि कार्यान्वयन ल्याउनुपर्ने सुझाव दिए । कार्यक्रमको संचालन सरोकार मंचका कार्यक्रम साहायक अनिता खंगले गरिन ।
प्रतिक्रिया