समाजिक विकास मन्त्री साहद्वारा बैरवामा धर्मशला उद्धघाटन

  • फाल्गुन ५, २0७७
  • 0
...

राजकुमार साह

सप्तरीको कञ्चनरुत नगरपालिका १ बैरवा स्थित नवनिर्मित धर्मशलाको प्रदेश २का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार एक कार्यक्रमबिच उद्धघाटन गरेको छ ।

प्रदेश नं. २ को संसदीय विकास कोषका ९० लाख लागतमा उक्त धर्मशाला निर्माण भएको हो । आ.व. २०७५ ÷ ०७६ देखि प्रदेश संसदीय बिकास कोषबाट ५० लाख धर्मशलाको लागी , २० लाख विवाह मण्डपको लागी र २० लाख पर्खालको लागी रकम विनियोजन भएको थियो । त्रिकोल र बैरवा स्थित रामजानकी मन्दिरको प्राङ्गणमा निर्मित भवनको क्षेत्रफल १० कठा छ । कञ्चनरुप न.पा. १ का जग्गा धनी स्व. छेदी पंजियारको श्रीमती कुशमी देवीले करोड भन्दा बढी मूल्यको १० कठा जग्गा धर्मशालाका लागि दान गरेकी छिन् ।

उक्त उदघाटन कार्यक्रममा प्रदेश २का सामाजिक विकास मन्त्रलायका सचिव कृष्ण प्रसाद कापईर , सामाजिक विकास योजना महाशाखाका प्रमुख ठूलोबाबु दहाल , जिल्ला जनस्वास्थ्यका प्रमुख दुनियालाल यादव , तिरुहुत गा.पा.का अध्यक्ष हेमन्त बहरखेर (मनोज) , कञ्चनरुप न.पा.का नगर प्रमुख वस्नत कुमार मिश्र ,हनुमाननगर कंकालीनिका नगर प्रमुख शैलेस कुमार साह लगाएतको उपस्थीति थियो ।

जग्गा धनी कुशमी पंजियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम सञ्चालन जसपा नेता चतरंजन झाले गरेका थिए ।

प्रतिक्रिया