राजकुमार साह
कञ्चनपुर,फागुन ६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–३ का एक विद्यार्थीको अध्ययनका क्रममा शखास्पद मृत्युभएको १५ महिना बित्दा समेत पीडित परिवार न्याय र क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।
क्ञ्चनरुप नपा–३ हेमन्त कुमार मण्डल भारतको पंजाव स्थित रिम्ट यूनिइर्भसिटीमा अध्यनको लागी सन २०१९मा नेपालबाट गएको थियो । उक्त कलेजमा नेपाली छात्र मण्डल अध्यनको लागी होस्टलमा बसेको थियो । सन २०१९ नबम्बर २७ तारिखको रातमा अक्समात मण्डलको पेट दुख्न सुरुभएपछि उपचारको लागी होस्टल भन्दा बाहिर लग्नु पर्ने अवस्था भएपनि कलेजका होस्टल प्रशासन (वार्डेन)को लापरवाहीले छात्र मण्डल थप उपचार समयमा गराउन नपाउँदा मण्डलको ज्यान गएको बुवा बलराम मण्डलले बताए ।
उनले भने,‘छोरालाई उच्च शिक्षाको लागी भारतको पंजाब कलेजमा पढन पठाएका थिए तर कलेज प्रशासनको हेलचार्कोइले छोराको ज्यान गुमाउनु परेको छ ।’ मण्डलले भने ‘छोराको मृत्यु भएको १५ महिना बित्दापनि उचित क्षतिपुर्तिका लागी नेपाल सरकारको गृह मन्त्रालय , पराष्ट्रमन्त्रालय र काउन्सलर सेवा विभागमा उजुरी दिदा समेत कुनै पहल भएको छैन ।’ हेमन्तको मृत्यु प्रकरणबारे भारतीय मिडया , पत्रपत्रिीका लगायतले समाचार प्रकासित गरेको थियो । कलेजमा अध्यनरत विद्यार्थीहरुले कलेजको बिरुधमा आन्दोलन गरेको थियो । सो समाचारको प्रभाव र आन्दोलनले गर्दा भारतीय प्रहरी प्रशासन र कलेज प्रशासनले बाध्य भएर कलेजका वार्डेन मोहन सिंहको लपरवाहिले अध्यनरत नेपाली छात्र मण्डलको ज्यान गएको कलेजले स्वीकार गरेको छ ।
बलराम मण्डलका अनुसार कलेज प्रशासनले भने चाडैं सिंहलाई कानुनी कवार्ही हन्छ र ज्यान गएको नेपाली छात्र मण्डलको घरपरिवारले उचित क्षतिपुर्ति कलेजले तिर्नेछ भनेको थियो । तर छोराको मृत्यु भएको १५ महिना वित्दा समेत नछतिपुर्ति पाएको छु न सिंह माथि कानुनी कवार्ही भएको छ । बलराम मण्डलले भने,‘ म सबै काम छोडेर १५ महिनादेखी विभिन्न सरोकारवाला निकायमा धाउदा–धाउदा दिक्क भइसके तर कत्तैबाट न्याय र क्षतिपुुर्तिको लागि सार्थक पहल भएन ।’
प्रतिक्रिया