गाउँ ब्लक जग्गा रकम असुली प्रकरण : एक दर्जनभन्दा बढीको रकम फिर्ता

  • फाल्गुन ६, २0७७
  • 0
...

राजकुमार साह
क्ञ्चनपुर,फागुन ६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५का वडाअध्यक्ष कैलास साहले गाउँ ब्लक जग्गाधनीको पूर्जा दिलाईदिनेभन्दै ५० लाखभन्दा बढी रकम असुलेको समाचार अवलोकित दैनिकले प्रकाशित गरेपछि पीडितहरुको रकम फिर्ता गर्न थालेको छ ।

                                                      

पहिलो चरणमा समाचारमा नाम आएकामध्येहरुका व्यक्तिहरुको पैसा फिर्ता गर्दै ‘इज्जत’ जोगाईदिन हार गुहार गर्दैछन् । वडाअध्यक्ष कैलास साह लगायत उनको टीमले आफना नजिकका कार्यकर्ताहरुलाई समेत पैसा फिर्ता गरिदिने तर पत्रिकामा नभन्न साम,दाम,दण्डा र भेदको नीति अख्तियार गरिरहेका छन् । देशका विभिन्न जिल्लामा गाउँब्लक जग्गाको धनी पुर्जा वितरण गर्न मन्त्री तथा पालिका प्रमुखहरुले भव्य कार्यक्रम गर्ने गरेको भएपनि कञ्चनरुप नगरपालिका ५का वडाअध्यक्ष साहले आफना ६ जना कार्यकर्ता इसराईल मंसुरी,दर्पी पण्डित,हरि दयाल मुखिया, शिवचरण मुखिया,चनरदेव सरदार र भोला पण्डित र वडाअध्यक्ष स्वयम समेतले रकम असुुलेर लालपुर्जाका लागि सिफारिस दिने र कतिपयको पुर्जा आफै ल्याइदिएका छन् ।

अवलोकित दैनिकमा समाचार प्रकाशित भएपछि करिब एक दर्जनभन्दा बढीको रकम फिर्ता गर्नुका पत्रकार समक्ष बयान कुनै किसिमको पैसा नलिएको बताउँन दवाव दिदै आइरहेका छन् । पीडितमध्येका एक विविफातमाले भनिन,‘मेरो ५० हजार रुपैया वडाअध्यक्षका कार्यकर्ताले फिर्ता गरिदिएको छ । ’ उनले भनिन,‘ म त बाहिर थिए,घरमा बुहारीलाई पैसा जिम्मा लगाएको रहेछ ।’ समाचार आउने थाह पाएदेखि वडाअध्यक्ष कैलाश साह र काग्रेस पार्टीका केही नेता घटना दबाउन हरसम्मभव प्रयास गरिरहेका छन् ।

वडा नम्बर ५मा साविक ७ वडामा १६ विगहा १९ कट्टा जग्गा गाउँ ब्लक नापी भएको छ । नापी भएको मध्ये साविक प्रिपापूर्व वार्ड नम्बर का १३२ र १० नम्बर ब्लकका जग्गाको पुर्जा वितरण भइरहेको छ ।  गाउँ ब्लक जग्गामा बस्ने गरिब व्यक्तिहरुमध्ये कतिपयले सकयडा ५ रुपैया ब्याजमा त कतिपयले कानको सुन समेत बन्धकी राखेर वडाअध्यक्षलाई पैसा बुझाएका छन् । वडाअध्य साह र उनका कार्यकर्ताहरुले नापी कार्यालयका कर्मचारीहरुलाई खानपिन र सहयोग गरेवापत रकम दिनुपर्छ भन्दै पैसा असुलेका छन् ।  वडाअध्यक्ष कैलास साहले पैसा संकलनमा आफनो कुनै संलनता नभएको दावी गर्दै आइरहेका छन् ।  विपक्षीहरुले आफुलाई बदनाम गर्न लागेको दावी वडाअध्यक्ष साहको छ । 

तर समाजवादी पार्टीकातर्फबाट वडामा प्रत्यासी उम्मेदबार शिवनारायण पण्डितले वडामा गाउँ ब्लक जग्गा पास गर्न भन्दै वडाअध्यक्ष सहित उनको कार्यकर्ताहरुले खुल्लेआम रकम असुुल गरेको बताए । उनले भने,‘ म पनि पीडित छु,मैले पनि भाई मार्फत १० हजार रुपैया दिए । पैसा उठाएको कुरा घाम जस्तै छर्लङ्ग छ ।’ यसअघि कोरोना  माहामारीको बेला सोही वडामा वडाअध्यक्षकै मिलोमतोमा राहत वितरणको फारम भर्न समेत जनही २५ रुपैया असुल गरेको तथ्य सहितको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएको थियो ।

प्रतिक्रिया