दलित सशक्तिकरण ऐन कार्यान्वयन गर्न सर्लाही र रौतहटमा अन्तरक्रिया

  • फाल्गुन ७, २0७७
  • 0
...

चहपुर, फागुन ६ गते । दलित सरोकार मंच नेपाल सप्तरीद्वारा बिहिबार सर्लाही र रौतहट जिल्लाका दलित अगुवाहरुसंग दलित सशक्तीकरण ऐना कार्यान्वयन अवस्था चुनौती र अबसर बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

मञ्चले प्रदेश २का ८वटै जिल्लामा अगुवाहरुसंग छलफल गर्दै ऐन कार्यान्वयनका लागि पहल गर्दै आइरहेको छ । सर्लाहीको नवलपुरमा आयोजित कार्यक्रममा बोल्दै बहुजन समाज परिषदका अध्यक्ष हरिनन्दन अम्बेडकरले ऐन कानुन जति सुकै राम्रो भएपनि कार्यान्वयन गर्ने निकायका व्यक्तीको नियत साफ नभए सम्म कार्यान्वयन हुननसक्ने बताए । दलित सशक्तिकरण ऐन दलित समुदायकै अगुवाको पहलमा बनेको ऐन कार्यान्वयन भए दलित समुदायको धेरै समस्या सामाधानहुने अम्बेडकरको दावी थियो । कार्यक्रममा भूमिअधिकार मञ्को प्रदेश २ का संयोजक मदन विश्वकर्माले दलितहरु एकजुट भएर आफनो हैसियत स्वयम नबनाए सम्म ऐन कार्यान्वयन हुन नसक्ने बताए । उनले भने संविधानमा दलितलाई भूमि र अवास दिने कुरा उल्लेख छ तर कार्यविधि बन्दा सम्म दलितहरुले भूमिनै नपाउने अवस्थाको सृजना भएकोले त्यसको विरुधमा पनि आन्दोलन गर्नु पर्ने खाचो रहेको औल्याएका थिए । 

त्यस्तै रौतहटको गुजरा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै संयूक्त दलित संघर्षसमितिका संयोजक सोनेलाल रामले दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न स्थानिय स्तरबाटै पहल गर्नुपर्ने बताए ।  कार्यक्रममा प्रमुख अतिथी सरौज खातुन शेखले दलितहरु एकजुट भएर नगरपालिकामा पहल गरेको खण्डमा दलितहरुको लागि आवश्यक बजेट बिनियोजन हुने बताए । कार्यक्रममा गुजरा नपाका दलित समन्वय समितिका अध्यक्ष सुरेन्द्र बैठाले दलितहरुले शक्ति प्रदर्शन नगरे सम्म राजनितिक दलले चुनावमा टिकट नदिने बताए । अर्को कार्यपालिका सदस्य पुनित रामले प्रदेश २ सरकारले पहिलो पटक दलित सशक्तिकरण ऐन ल्याउनु ऐतिहासिक भएको बताउदै कार्यान्वयन गरेर दलितहरुको मनजित्न आग्रह गरे ।

कार्यक्रमा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था, चुनौती र अवसरको विषयमा सहजिकरण गरेको थिए । मञ्चका कार्यक्रम सहायक अनिता कुमारी खंगद्वारा सञ्चालित कार्यक्रममा सहभागिहरुर्ला स्वागत मञ्चका सुचना अधिकृत सुनिल सरवरियाले गरेका थिए । 

प्रतिक्रिया