राजकुमार साह
कञ्चनपुर,फागुन ९ गते । कञ्चनरुप नगरपालिका–८का वडाअध्यक्ष राजकुमार साहले एक सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोप लागेको छ । कञ्चनरुप नगरपालिकाले हटियाको जग्गा रोक्का राख्न कित्ता नम्बर सहित उल्लेख गरेर मालपोत कार्यालयलाई जानकारी गराएको छ । स्थानीय सीता देबी साहको पनि एक कठा जग्गा हटियामा छ ।
उक्त जग्गा कृषि विकाश बैंकमा राखेर ऋण उठाएको छ । सीतादेवी साहले २०६२ सालमा ४५४ नम्बरको उक्त जग्गा किनेकी थिइन । सीताकी पती योगेनद्र साहका अनुसार बैकमा राखिएको जग्गामा थप रकम ऋण लिन हालसम्मको मालपोत रसिद लिइनुुपर्छ । ‘छोरालाई पढाउन भारत पठाउन सोच भएपछि जग्गाको मालपोत रसिद कटाउन वडा नंम्बर ८का वडा कार्यालय गएर वडा अध्यक्ष राजकुमार साहलाई मलाई बैकबाट ऋण उठाउनु छ, जग्गाको रसिद काटदिनुस् भन्दा उहाँले तिम्रो जग्गामा लफडा छ ,रसिद काटन मिल्दैन भन्नुुभयो ।’
उनले भने, ‘मैले छोरोलाई पढन पठाउनुछ,जसरी पनि मिलाएर रसिद काटीदिन अनुरोध गरेपछि वडाअध्यक्षले योकाम त्यती सजिलो हुनेछैन यसमा केहि खर्च गरेपछि मात्र काम हुन्छ भने ।’ योगेन्द्र साहले भने,‘ मैले कति खर्च लाग्छ भनेपछि वडाअध्यक्षले सुरुमा ५० हजार मागे,त्यसपछि म धेरै अनुरोध गरेपछि ३० हजारमा मान्नु भयो । रसिद काटेर अध्यक्ष आफनै साथमा राख्नु भएको थियो । जब बेलुका अध्यक्षलाई घरमै गएर पैसा बुझाए अनि रसिद दिनुुभयो ।’
योगेन्द्र साहले भने,‘सबै कागज जम्मा गरेर कृषि विकास बैकमा ऋण लिन पुुगेपछि बैंकले जग्गा रोक्का रहेको जानकारी दिएपछि म छाङ्गाबाट खसेजस्तै भए ।’ योगेन्द्र साहलाई राजकुमार साहले २०७७ साल असोज २५ गते मालपोत रसिद काटेको थियो । जबकी कार्यपालिकाबाट स्वयम वडाअध्यक्ष साहले २०७७ भदौं २७ गते नै उक्त जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । पीडित योगेन्द्र साहले भने,‘ वडाअध्यक्ष साहले एकातर्फ कार्यपालिकाबाट जग्गा रोक्का गर्ने निर्णय पनि गर्नुभयो यता मबाट मालपोत रसिदलाई काटिदिएर ३० हजार घुस पनि लिनु भयो ।’उनले भने,‘ जग्गा रोक्का रहेको मालपोत रसिद वापतको ३० हजार रकम तिरेको पनि काम लागेन र बाहिरबाट ऋण खोजेर छोरालाई पढन पठाए छु । ’
योगेन्द्र साहले २०६२ सालमा जग्गा खरिद गरेको भएपनि वडा कार्यालयमा मालपोत रसिद कटाउन जादा २०७६ साल फागुुन १गतेको मितिमा २०५६ सालको मालपोत रसिद काटेको छ ।
यस विषयमा वडाअध्यक्ष राजकुमार साहसँग बुुझदा आपूmले कसैसँग कुनै रकम नलिएको र मालपोत रसिदबारे अनभिज्ञता प्रकट गरेका छन् ।
प्रतिक्रिया