सप्तरीको कञ्चनरुप नगरपालिकाले हाटबजार ब्यस्थापनको नाममा ब्यक्तिको जग्गमा एकपक्षिय रुपले कब्जा गर्न लागेपछि स्थानीयहरुले त्यसको बिरोध गरेको छ । कंचनरुप नगरपालिकाले जग्गाधनीसँग कुनै सहमति नै नगरी एकपक्षिय रुपमा जग्गा रोका गरेपछि जग्गाधनी सास्ती खेप्न बाध्य भएका छन् । कञ्चनरुप नगरपालिकाले जग्गा धनीहरुलाई बिना कुनै सूचना कञ्चनपुर मालपोत कार्यालयलाई २०७७ सालको असोज ४ गते जग्गा रोक्का राख्न पत्र पठाएको छ । मलपोत कार्यालय कञ्चनपुरले उक्त पत्र २०७७ साल असोज १२ गतेमा बुझेको थियो ।
कञ्चनरुप नगर कार्यपालिकाको गत भदौ २७ को निर्णयअनुसार नगरपालिका भित्रका वडा नं. ८,कञ्चनपुर हटिया भित्रको र वडा नं. ११ सिमरा हटिया भित्र रहेको जगगाको किता नम्बरहरु प्रति कठा ६ लाखको दरले मुआब्जा दिनेगरी जग्गा धनिबाट जग्गा रजिष्टेशन पारित हुने गरी नगरपालिकाको नाममा लिने सो रजिष्टेशन पारित नभएसम्म रोक्का राखी जानकारी दिन मालपोतलाई पत्राचार गरेको थियो ।
साविक कञ्चनपुर वडा नम्बर २का ( हाल कञ्चनरुप नगरपालिका–८) हटियामा विभिन्न २१ जना व्यक्तिहरुले खरिदको गरेको १७ कित्ता र साविक ठेलिया वार्ड नम्बर ९ ( हाल कञ्चनरुप नपा–११) हटियामा सियाराम मण्डलले खरिद गरेको कित्ता नम्बर १४२६लाई रोक्का गरेको छ ।
कञ्चनपुर हटिया भित्रका जग्गा धनीहरु मध्येको ललीत मण्डल , सुनिल कुमार मण्डल,भद्र बहादुर कटुवाल ,उमेश परिहस्त र जय प्रकाश प्रजापति लगायतका जग्गाधनीहरुले आफनो जग्गामा घेराबेरा गरेपछि कञ्चनरुप नपाले बिहीबार र शुक्रबार डोजर प्रयोगगरि भत्काइदिएको छ । जग्गाधनीहरुले करिब १५ – २० वर्ष अघि उक्त जग्गा किनेका थिए । जग्गाधनीहरुले केहि दिन देखि आफनो जग्गा छुटयाएर घेरबेर गरेका थिए । गत बिहीबार विहान र शुक्रबार बेलुका वडा नं. ८का वडा अ३यक्ष राजकुमार साहले नगरपालिकाको डोजर लगाएर तार र पोलले घरेको घेराबेरालाई तोडफेड गरि दिएको छ पीडितहरुले बताएका छन् ।
जग्गाधनीमध्येका एक योगेन्द्र साहका अनुसार घेराबेरा तोडफोडबारे नगरपालिकाका नगर प्रमुखसंग हामी बुझदा प्रमुखले आफूलाई तोडफेडको बारेमा थाहा नभएको प्रतिक्रिया दिएको बताए । उनले भने,‘ हाम्रो निजि जग्गाकाे स्वामित्व छ कि छैन ? नागरीकको मौलकि हक छ कि छैन ?’ नगरपालिकाले जग्गाधनीसँग कुनै परामर्श नै गरेन । अर्का जग्गाधनी उमेश परिहस्तले भने,‘. हामीसंग कुनै छलफल नगगरी एकलोटीरुपमा जग्गा रोक्का राख्न गरेको निर्णय हामी मान्दैनौं ।’
ठेलियामा जग्गा रोका गरिएका सियाराम मण्डलले त जिल्ला अदालतबाट नगरपालिकाको नाममा अन्तरीम आदेश जारी गराएको छ । कञ्चनपुरकै अर्का जग्गाधनी ललित मण्डलले भने,‘अहिले कञ्चनपुर हटियाको जग्गाको सरकारी मुल्य १२ लाख ९५ हजार प्रति कठा छ तर न.पा.ले के अधारमा ६ लाख प्रति कठा मूल्य दर रेट तोकेको छ ।’जग्गाधनीहरुले नगरपालिकाले गैर लोकतान्त्रिक कानून बिपरीत काम गरेको भन्दै नेपालको कानुनभन्दा बाहिरबाट दररेट मुअब्जा कसरी तोक्न सक्छ ? भन्दै प्रश्न गरेको छ ।
कञ्चनरुप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष एव नगरपालिका प्रवक्ता राजकुमार साहका अनुसार ब्यक्तिको जग्गा भएपनि भोग चलन सार्वजनिक रुपमा २०४४ सालदेखि हटिया लाग्दै आएको छ । उनले भने ‘ मेरो वाडमा हटिया भएकोले कसैले संरचना बिगारछ भने आफू भन्दा ठूलो निकाय न.पा.लाई जनकारी गराउनु कर्तव्य हो र मैले त्यही गरेको छु ।’ प्रवक्ता साहले भने,‘हटिया समितिको निवेदन अनुसार नगरपालिकाको निर्णयबाट तारबारले घेरागरेको क्षेत्रलाई तोडफोड गरिएको छ ।’
प्रतिक्रिया