मुख्यमन्त्री राउतद्वारा लक्ष्मीनारायण विष्णु महायज्ञको शुभारम्भ, लिलावती थानमा वृद्धाश्रम लगायतको संरचना निर्माण गर्ने घोषणा

  • फाल्गुन ११, २0७७
  • 0
...

जनकपुरधाम, फागुन १० । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको कमला नपा ७ सखुवामडानमा ९ दिवसीय लिलावती कमला शिवशक्ति लक्ष्मीनारायण विष्णु महायज्ञको शुभारम्भ गर्नु भएको छ ।

सखुवा मडानको लिलावतीमा थानमा शुरु भएको महायज्ञको शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक हितको कामना सहित शुभारम्भ भएको महायज्ञले विश्व शान्तिका साथै प्रदेश र देशको समृद्धि र एकता कायम होस भनि कामना समेत गर्नु भयो ।

उहाँले महायज्ञकर्ता सन्त भुपेन्द्र शास्त्रीले लिनु भएको संकल्प अनुसार प्रदेश सरकार वृद्धाश्रम र विवाहमण्डप लगायतको संरचना निर्माणमा पुरा सहयोग गर्ने घोषणा गर्नु भयो । मुख्यमन्त्री राउतले अगामी आर्थिक वर्षको बजेटमै वृद्धाश्रम, विवाह मण्डप र गौशालाका लागी प्याकेजमै कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो । भौतिक संरचना निर्माणका लागी पाँच कठ्ठा जग्गा दान दिने स्थानीय राम दयाल महतोलाई विशेष धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले परोपकारी मन भएकाहरु सृष्टि रहुञ्जेल अमर रहने उल्लेख गर्नु भयो ।

महायज्ञ समितिका अध्यक्ष राजाराम अरगरियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य शैलेन्द्र यादवले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अरुणसिंह मण्डल, पशुपति यादव लगायतको स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया