महोत्तरी,फागुन १२ गते । प्रदेश २का मुख्य न्याधिवक्ता दिपेन्द्र झाले समाजिक रुपान्तरणका लागि दलित सशक्तिकरण ऐन कोशे ढुुङ्गा साबित हुने बताएका छन ।
दलित सरोकार मञ्च नेपालले महोत्तरीको जलेश्वर स्थित पत्रकार महासँघको हलमा बुधबार‘ दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था,चुनौती र अवसर’ विषय जिल्लास्तरी दलित अगुुवाकार्यकर्ताहरुसँगको अन्तक्रियामा सो कुरा बताएका हुन् । प्रदेश २ सरकारले ल्याएको दलित सशक्तिकरण ऐन कार्यान्वयन सुरुवात भइसकेको भन्दै मुख्यान्याधिवक्ता झाले ८० जना स्टाफ नर्सको लागि सूचना प्रकाशित गर्दा १७.२९ प्रतिशत अर्थात ७ जना दलितका लागि छुुट्टै कोटा छुुट्याएर जनसख्याको अधारमा दलित प्रतिनिधित्व सुनिश्चित गर्नेकाम सुुरुवात गरेको बताए । प्रदेश सरकारले दलित विकास समिति र मुख्यमन्त्री नेतृत्वमा रहने जातिय विभेद तथा छुुवाछूत अनुुगमन समिति समेत गठन भइ काम सुचारु गरिसकेको बताए ।
प्रदेश २मा दलित,मुश्मिल र महिला सबभन्दा पछाडी परेको कुरालाई ध्यानमा राखेर नै ऐन निमार्णका क्रममा दलित,मुुश्लिम र महिलालाई प्राथमिकता दिएको बताउँदै दलित,महिला र मुश्लिमको समृद्धि नभएसम्म प्रदेश समृद्ध नहुने बताए । उनले भने,‘५० प्रतिशतको संख्यामा रहेका महिलाहरु घरमा बसेका छन,त्यसैले महिलालाई राज्यको हरेक निकायमा समान पहुँचका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले ऐन कानून बनेपनि कार्यान्वयन फित्तलो हुने गरेकोले प्रदेश सरकार इमान्दारीताकासाथ दलित ऐन कार्यान्वयन गर्न दलित अगुवा शोभा पासवान,रंजित कनौजिया,फेकन राम लगायतले जोड दिएका थिए । भोला पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महाँसघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले ऐन कार्यान्वन र प्रचार प्रसारमा महोत्तरीका संचारकर्मीहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम संचालन दलित सरोकार मञ्चकी अनिताकुमारी खंगले गरेकी थिइनप भने स्वागत सुनिल सरवरियाले गरेका थिए ।
प्रतिक्रिया