विहेको भोजमा दलितलाई जातीय विभेद ः खाना पस्किसेपछि भोजबाट दलित भन्दै उठाइए,न्यायका लागि प्रहरीमा उजुरी

  • फाल्गुन १३, २0७७
  • 0
...

राजकुमार साह कञ्चनपुर,फागुन १२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –१० बदगमा यादब समुदायले बिहेको भोजमा निम्तोमा दिएर भोज खाने समयमा दलित भएको भन्दै जातीय छुवाछुत गरेको घटना बाहिरिएको छ ।

निम्ता दिएर भोज खान बोलाएर भोज खानेबेला दलित भएर सँगै खान नहुने भन्दै स्थानीय १९ बर्षिया सूरजकुमार पासवान र १७ बर्षिया कृष्णकुमार पासवानलाई यादब समुदाय र घर पट्टिले अपमान गरी खानाबाट उठाएर जातीय विभेद गरेको छ । विभेदमा परेका पासवानद्धयले जातीय भेदभाव गर्नेलाई कार्यावाही गर्न बुधवार ईलका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएको छ ।

उनीहरुले भोज खान निम्ता दिएका सत्यनारायण यादब र घनान्नद खड्गालाई कार्यवाही गर्न उजुरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटना यस्तो छ:  उजुरी कर्ता मध्येका सूरज कुमार पासमानका अनुसार छिमेकी सत्यनारायण मुखिया(यादव)को छोराको फागुन ९ गते बिहे थियो । विहेको अर्कोदिन फागुन १० गते प्रितिभोज गरिएको थियो ।

बिहेभोजको कार्यक्रम अनुसार बेलुका छिमेकी यादवको घरमा निम्तो मान्न गएका थिए । ‘बिहे भोजको निम्तो मान्न हामीसँगै थुप्रै जना भेला भएका थिए । ’ सूरजले भने,‘ भोज खान हकारदिएपछि म र कृष्णा कुमार पासमान सहित दरि(लाइन)मा बसेका थियौं,भोज खानको लागी पात्तमा खानाका सबै प्रकार पस्किसकेको थियो । जब सबै जना खाना खान तरखरमा थियौं तब यादव समुदायका केही व्यक्तिहरुले दलित भएरसँगै एक्कैलाईनमा बसेर खान दियो भन्दै आपत्ति जनाएका थिए । ’

‘यादब समुदायका केहीले दलितलाई हामीहरुको बिचमा बसाएर भोज खान दिन्छ भने हामी यादव समुदाय कोही पनि भोज खान्न भन्न थाले ।’ सूरजले भने, ‘त्यसपछि घरपट्टि सत्यनारायण यादव र घनान्द खड्गाले हामी दुबै जनालाई बिचबाट उठाएर अर्को ठाउँमा बसेर भोज खान भन्नुुभयो । तर हामी मानेनौं । ’ दर्जनौ व्यक्तिहरुकाबीचमा पस्किसकेको खानाबाट दलित भएकै कारण अर्को ठाउँमा बसेर खान भन्पछि एकछिन त हामी मानव नै होइन कि जस्तै महशुस ग¥यौं ।’ सूरजले भने,‘हामीले घरपट्टि यादव र घनान्द खडगासंग हामीलाई किन अर्को ठाउँमा बसेर भोज भन्नुहुन्छ ? सोध्यौं जवाफमा यादवले भने ‘तिमीहरु दलित हो, यादवसंगै बसेर खान मिल्दैन । अलगै बसेर खानु पर्छ ।’ त्यसपछि आफूहरुको लागि भोज भन्दा पनि सम्मान ठूलो हो बुझेर भोज नखाई आफनो घर फर्केको पासमानले वताए । ईलका प्रहरी कार्यालय कञ्चनपुरका डिसपी नरेश सिंहका अनुसार कृष्णा कुमार पासमान र सूरज कुमार पासमानले उजुरी गरेको छ । उजुरी अनुसार थप अनुसन्धान पछि मुदा दर्ता हुने बताए । वडा नं. १० का वडा अध्यक्ष दिलिप चौधरीका अनुसार सत्यनारायण यादवको भोजमा दलितलाई अपमान भएको बारे जनकारी रहेको वताए । घरपट्टि सत्यनारायण यादवको छोरा बैजनाथ मुखिया (यादव)का अनुसार यादव समुह लगायत गैर दलितहरुसंग बसेर भोज खादा जातिका मंइन्जन लग्नदेब मैइरता लगाएतले बिरोध गरेपिछ दलित पासमानलाई बिचबाट उठेर अर्को ठाउँमा बसेर खान भनेको जानकारी पछि थाहा भएको दावी गरे ।

कानूनमा के ? जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८को दफा २(ङ)मा सार्वजनिक समारोह भन्नाले सार्वजनिक रुपमा आयोजना गरिएको भोज–भतेर, पूजा–पाठ, यज्ञ, अनुष्ठान, जन्म, नामाकरण, विवाह, मृत्यु जस्ता जुनसुकै प्रकारका धार्मिक, सामाजिक वा सांस्कृतिक समारोह सम्झनु पर्छ भनी उल्लेख छ । त्यस्तै दफा ४ (१०)मा कसैले जात वा जातिका आधारमा परिवारका कुनै सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था छ ।

उक्त कार्य गरेमा दफा ४ को उपदफा (८), (९), (१०), (११), (१२) वा (१३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक महिना देखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया