राजकुमार साह
कञ्चनपुर,फागुन १४ गते । कञ्चनरुप नगरपालिका भित्र रहेको एक मात्र खेल मैदानको जग्गा पुन :अतिक्रमण गरेर अबैध तरिकाले योग भबन निमार्ण कार्य शुरु गर्न खोजेपछि उक्त कार्य नगर्न उच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ ।
उक्त गैर कानुनी भवन निमार्ण कार्य बिरुद्ध उच्च अदालत जनकपुर राजविराज इजलासमा स्थानीय चन्द्रनारायण चौधरीले बिहिवार गरेको उजुरीको अधारमा शुक्रवार अदालतले किता नं. ३५२ को जग्गामा कुनै पनि किसिमको संरचना निर्माण नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । हिरोज स्पोटिङ्ग क्लबका अध्यक्ष बिजय चौधरीका अनुसार पटक – पटक नगरपालिकालाई गत दुई बर्ष देखि बरमझियाको खेल मैदानको संरचना नबिगारण लिखित मोखिक जनकारी गराउदा गराउँदै पनि चालु आर्थिक बर्षमा पुनः गैर कानुनि बाटो अपनाई नगरपालिकाले उक्त खेल मैदान नास हुने गरी भवन बनाउन खोजेको छ ।
‘गाउँ बिकास हुदा बखत पनि केहि स्थानीय राजनीतिक गर्ने नेताहरुले बरमझियाको खेल मैदान जग्गालाई राजनीतिक ऐजण्डा बनाएर समाप्त गर्ने प्रयत्न गरेको थियो ।’ अध्यक्ष चौधरीले भने ‘स्थानीय सरकार भएपछि पुन : खेल मैदानको जग्गा अतिक्रमण गत आर्थिक वर्ष २०७४÷०७५बाट शुरु भएको छ ।’ बरमझियाका स्थानीय एक जनाले त्यतीबेला सरकारी समपत्ती संरक्षण गरनको लागि कञ्चनरुप न.पा. देखि अख्तीयार र जिल्ला प्रशासन कार्यालय सम्म उजुरी गर्दा न.पा. र सम्बन्धीत वडा नं. ३ ले बाध्य भएर योगा भवन निर्माण समितिलाई निर्माण कार्य रोक्का राख्न भनेर पत्राचार गरेको थियो ।
दुई वर्ष पछि चालु आ.व.मा पुनः न.पा.ले गैर कानुनी प्रकृया अपनाई खेल मैदानको जग्गा केही ब्यक्तिको स्वार्थ पुर्ति र न.पाले राजनीतिक अखडाहाको रुपमा लिएको छ । अध्यक्ष चौधरीले भने न.पा.ले यसपालि नयाँ शब्द खोजेर अधुरो समुदायीक योग भवन भनेर अतिक्रमण्को बाटो अपनाइएको छ । जबकी उक्त भवनमा तीनतहको सरकार मध्ये कसैको एक पैसा लगानी नभएको अबस्थामा कसरी अधुरो योजना भयो ? चौधरीले भने,‘गत २० वर्ष देखि निरन्र्तर उक्त मैदानमा फुटबल र क्रिकेट लगायतको जिल्ला स्तरीय देखि प्रदेश स्तरीय खेल हुदै आईरहेको छ । गत आ.व.मा प्रदेश नं. २ का सरकारबाट उक्त खेल मैदानको स्तर उन्ती भनेर २५ लाख बजेट पनि लागेको छ । न.पाले केहि महिना पहिलो नियतबस मैदानमा भएको गोल पोस्टको पोल जेसीबि लगाएर उखालि दिएको अध्यक्ष चौधरीले वताए । उनले भने,‘सार्वजनिक सम्पतीको संरक्षण तथा रक्षक गर्ने निकाय नैभकक्षक भएपछि अदालात जान बाध्य बनाएको हो ।
प्रतिक्रिया