पोखरा, २१ चैत । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ ।
विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो । विद्यार्थी सङ्ख्या घट्दै जानथाले पछि शैक्षिक वर्ष २०७४ मा जम्मा ८२ विद्यार्थी रहेको विद्यालयमा गुणस्तरीयता अभिवृद्धि, अङ्ग्रेजी माध्यमलगायतका कारणबाट २०७५ मा उक्त सङ्ख्या बढेर १८० पुगेको थियो । विद्यालयमा यस वर्ष थप १०० विद्यार्थी थप्ने लक्ष्य राखिएको प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया