गैर कानुनी रुपमा निर्माण शुरु गरेको योग भवनको निकासा रोकन उजुरी, फैसला नभएसम्म रकम निकासा नहुने नगरपालिकाको प्रतिबद्धता

  • फाल्गुन १६, २0७७
  • 0
...

राजकुमार साह 
कञ्चनपुर,फागुन १६ गते ।
कञ्चनरुप नगरपालिका भित्र रहेको एक मात्र खेल मैदानको जग्गा पुनःअतिक्रमण गरेर अबैध तरिकाले योग भबन निमार्ण कार्य गरेको बिरुद्धमा भुक्तानी रोक्का गर्न नगरपालिका र अख्तियारमा   आईतबार उजुरी परेको छ । 

वडा नं. ३का चन्द्र किसोर चौधरीका अनुसार वडा नं. ३ ले अबैध योग भवन निर्माणको लागि  गत आर्थिक वर्ष  २०७४÷०७५ मा नगरपरिषदबाट १० लाख रकम बिनियोजन गरेको थियो । “अबैध निर्माणको बिरुद्ध त्यस बख्त न.पा. र अख्तियारमा उजुरी पर्दा नगरपालिकाको कार्यालय र वडा नं. ३को कार्यालय स्वयंमले भवन निर्माण कार्य रोक्का राख्न योगा भवन निर्माण समितिको नाममा पत्राचार गरेको थियो ।”  

आफैले  गरेको निर्णय विपरित वडा कार्यालय र नगरपालिकाले किन र कसको स्वार्थ पुर्ति  को लागी  चालु आ.व.मा योग भवन निर्माण कार्यको लागी नगरपरिषदबाट ५ लाख बजेट बिनियोजन गरेको छ ।  किसोरले भने,  नगरपालिकाले नीति गत निर्णय गरेर केहि कर्मचारी र नेताको आर्थिक लाभका  लागि गैर कानुनि प्रकिर्याबाट  रकम बिनियोजन गरेको छ । 
    चौधरीले जब सम्म अदालत र अख्तियारबाट अबैध निर्माण कार्यको फैसला हुदैन तब सम्म उक्त भवनको रकम निकासा नगर्न उजुरी दिएको छ ।  नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत नबराज खडका अनुसार आफू नयाँ भएकोले योग भवन निर्माण कार्य रोका बारे थाहा नभएको वताए ।  

उक्त योग भवण निर्माण रोका राख्न उजुरीमा संल्गन कागजातबाट थाहा पाएको भन्दै प्रमुख प्रशासकिय अधिकृत खडकाले  चालु आ.व.मा   झुकयाएर नगरपरिसदबाट पास भएको अधुरो समुदायीक योग भवन निर्माण कार्यमा बिनियोजन भएको ५ लाख बजेट रकम  जब सम्म अदालत र अख्तियारको फैसला नभए सम्म निकासा नहुने बताए । उनले भने, “उक्त भवन निर्माण कार्यको अन्तिरीम आदेश आईतवा  आईसकेको छ । सम्बन्धीत वडा कार्यालयलाई काज रोकागर्न जनकारी गराई सकेको छु र इलाका प्रहरी कार्यालयलाई पनि उक्त  कार्य रेक्का राख्नमा सहयोग गरिदिनको लागी पत्राचार गरेको छु । ” तर उक्त अबैध योगा भवन निर्माण कार्यको बारेमा गत आर्थिक वर्ष २०७४ ÷०७५ बाट भएको खबरदारी सम्बन्धमा न.पा.को जन प्रतिनिधि , कर्मचारी देखि सर्वसधारण सम्मलाई खेल मैदानमा निर्माण भईरहेको योग भवन प्रकरण बारे जानकार छ ।                   

उक्त गैर कानुनी भवन निमार्ण कार्य बिरुद्ध उच्च अदालत जनकपुर राजविराज इजलासमा स्थानीय चन्द्रनारायण चौधरीले  बिहिवार गरेको उजुरीको अधारमा १४ अदालतले किता नं. ३५२ को जग्गामा कुनै पनि किसिमको संरचना निर्माण नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो  । हिरोज स्पोटिङ्ग क्लबका अध्यक्ष बिजय चौधरीका अनुसार पटक – पटक नगरपालिकालाई गत दुई बर्ष देखि बरमझियाको खेल मैदानको संरचना नबिगार्न लिखित मौखिक जनकारी गराउदा गराउँदै पनि चालु आर्थिक बर्षमा पुनः गैर कानुनि तरिकाले नगरपालिकाले उक्त खेल मैदान नास हुने गरी भवन बनाउन खोजेको आरोप लगाए । ‘गाउँ बिकास हुदा बखत पनि केहि स्थानीय राजनीतिक गर्ने नेताहरुले बरमझियाको खेल मैदान जग्गालाई राजनीतिक ऐजेण्डा बनाएर समाप्त गर्ने प्रयत्न गरेको थियो ।’ अध्यक्ष चौधरीले भने ‘स्थानीय सरकार भएपछि पुन ः खेल मैदानको जग्गा अतिक्रमण गत आर्थिक वर्ष २०७४÷०७५बाट शुरु भएको छ ।’

बरमझियाका स्थानीय एक जनाले त्यतीबेला सरकारी समपत्ती संरक्षण गरनको लागि कञ्चनरुप न.पा. देखि अख्तियार र जिल्ला प्रशासन कार्यालय सम्म उजुरी गर्दा न.पा. र सम्बन्धीत वडा नं. ३ ले बाध्य भएर योगा भवन निर्माण समितिलाई निर्माण कार्य रोक्का राख्न भनेर पत्राचार गरेको थियो । दुई वर्ष पछि चालु आ.व.मा पुनः न.पा.ले गैर कानुनी प्रकृया अपनाई खेल मैदानको जग्गा केही ब्यक्तिको स्वार्थ पुर्ति र न.पाले राजनीतिक अखडाहाको रुपमा लिएको छ । अध्यक्ष चौधरीले भने, “न.पा.ले यसपालि नयाँ शब्द खोजेर अधुरो समुदायीक योग भवन भनेर अतिक्रमण्को बाटो अपनाइएको छ । जबकी उक्त भवनमा तीनतहको सरकार मध्ये कसैको एक पैसा लगानी नभएको अबस्थामा कसरी अधुरो योजना भयो?”

गत २० वर्ष देखि निरन्तर उक्त मैदानमा फुटबल र क्रिकेट लगायतको जिल्ला स्तरीय देखि प्रदेश स्तरीय खेल हुदै आईरहेको छ । गत आ.व.मा प्रदेश नं. २ का सरकारबाट उक्त खेल मैदानको स्तर उन्नती भनेर २५ लाख बजेट पनि लागेको छ । न.पाले केहि महिना पहिलो नियतबस मैदानमा भएको गोल पोस्टको पोल जेसीबि लगाएर उखालि दिएको अध्यक्ष चौधरीले वताए । उनले  भने, ‘सार्वजनिक सम्पतीको संरक्षण तथा रक्षक गर्ने निकायनै भकक्षक भएपछि अदालात जान बाध्य भएका छौं । 

प्रतिक्रिया