कञ्चनपुरमा घुससहित पक्राउ परेका नापी प्रमुख ठाकुर र लेखनदास यादवमाथि मुद्दा दायर

  • फाल्गुन १७, २0७७
  • 0
...

राजकुमार साह

कञ्चनपुर,फागुन १७ गते । कञ्चनरुप नगरपालिका–४ स्थित नापी कार्यालय कञ्चनपुरका कार्यरत निमित्त कार्यालय प्रमुख (सर्वेक्षक) हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादव घुस लिदै गर्दा पक्राउ परेकामाथि मुद्दा दायर भएको छ । 

जग्गाको कित्ता काट गरी दिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम १५ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले दुवै जनालाई माघ २३ गते रङ्गेहात पक्राउ गरिएको थियो । आयोगको अनुसन्धानबाट पुष्टि भएपछि दुवै जनामाथि आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले विज्ञप्तिमार्फत जनाएको छ । उनका अनुसार सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएको हुँदा दुवैमाथि १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन माग गरिएको छ ।

यस्तो थियो घटना
कञ्चनरुप नगरपालि ४ स्थित मालपोत कार्यालयमा आज अख्तयिारले छापा मारदा सेबाग्राहीबाट १५ हजार रकम  घुस सहित  अरुण कुमार यादव रंगेहात पक्राउ परेको थियो ।  

अख्तीयार दूरुपयोग अनुसन्धान कार्यालय  ईटहरीबाट खठेको टोलीले छापा मार्दा तिरहुत गाउपालिका साविक बदगामाका अरुण कुमार यादवलाई सेवाग्राहीबाट घुस लिएको रकम नगद सहित पक्राउ गरेको थियो । 

मलपोतमा लेखापढी व्यवसाय अरुण कुमार यादवले सेवा ग्राहीको जग्गाको  नक्सा मिलाई दिने भनि १५ हजार रुपैया लेनदेन गरेको थियो । शेबाग्राही हनुमाननगर कंकालीनि ३का शम्भु यादव हुन । आरोपी अरुण कुमार यादवका अनुसार नापीशाखाका नि. क्रमचारी हरिचन्द्र ठाकुरसंग शेबाग्राही खिरैहइरको लेनदेनको कुरा भएको थियो ।  तर आज काम गराउन आउँदा सो रकम मलाई दिएको हो ,यसमा आफु संलगन नरहेको बताएका थिए । 
 

प्रतिक्रिया