राजकुमार साह
कञ्चनपुर,फागुन १७ गते । सप्तकोशी नगरपालिकाको ११मध्ये ७ जना वडाअध्यक्ष र चार दलले नगरपालिकाका नगर प्रमुख उत्तम शर्मा गौत्तम र प्रमुख प्रशासकीय अधिकृतले डेढ करोड रुपैया भष्ट्राचार गरेको आरोप लगाएका छन् ।
सप्तकोशी नपाका चार दल र ११ वडाअध्यक्षमध्ये ७ जनाले गोबद्र्धन बैरागी जनता माध्यमिक विद्यालयको प्रङ्गणमा संयुक्त रुपमा सोमबार पत्रकार सम्मेलन गरी सो आरोप लगाएका हुन् ।
सप्तरीको सप्तकोशी नगरपालिका भ्रष्टाचारको ‘अखडा’ बन्दै गएको भन्दै जनप्रतिनिधिसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नगरस्तरीय नेताहरुले संयुक्त रुपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर डेढ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित भएका हुन् ।
नगर प्रमुखले कोभिड–१९ महामारीको बेला एक करोड रुपैयाँ र प्रदेशबाट आएको २० लाख रुपैयाँ अनियमितता गरेको उनीहरुको आरोप छ । वडा नम्वर १ का अध्यक्ष नारायण आचार्यले पत्रकार सम्मेलनममा भने,‘कोभिड–१९ को बेला अढाई करोडमध्ये १ करोडबढी रुपैयाँ अनियमितता भएको छ’ उनले भने–‘त्यसपछि पनि प्रदेशबाट आएको २० लाखको हरहिसाव छैन्, हरहिसाब खोज्दा दिनैं मान्दैनन् ।बाध्य भएर सर्वदलिय बैठक गुहार्नु परेको छ ।’ उनले भने,‘सर्वदलिय बैठकबाट हामीले ९ वटा बुँदा उल्लेख गर्दै ज्ञापन पत्र वुझाए पनि वास्ता नै गर्दैनन् ।’ ‘अझै हरहिसाब र विभिन्न नियुक्तीहरुबारे जानकारी नदिइए बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्ने हाम्रो योजना छ’, उनले भने । उता, नेकपा ओली समूहबाट निर्वाचित नगर प्रमुख उत्तम कुमार शर्माले राजनितिक विवादका कारण आफुमाथि अनियमितताको आरोप लागेको प्रतिक्रिया दिए । ‘केन्द्रमा नेकपाबीच देखिएको राजनितिक विवादले यो सबै भइरहेको छ’ उनले भने–‘शिक्षक नियुक्त गर्न राष्ट्रिय मिडियामै विज्ञापन भएको छ ।’ यद्यपी, नगर प्रमुख शर्माले राष्ट्रिय मिडियाको नाम भने यकिन सकेन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष अचार्यले आर्थिक वर्ष २०७४÷०७५ बाटै नगरपालिकाले कानुन बनाउँद समेत प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुखले कानुन, ऐनलाई प्रमाणिकरण लगायत राजपत्रमा सूचना प्रकाशन नगर्नु र पुरानै ऐनहरुलाई प्रमुखले आधार मानेर नगरपालिका संचालन गरिरहेको बताए । वडाअध्यक्ष अर्चायले भने,‘आ.व. २०७६÷०७७ को नगरसभाले नगरपालिकामा भएको अनियमित्ताको छानबिन गर्न १० नं. वडाका वडाअध्यक्ष उचित नारायण चौधरीको अध्यक्षतमा लेखा समिति गठन गरेको थियो । उक्त लेखा समितिले छानबिन गरी अनियमित्ता भएको ठहर गर्दै बुझाएको प्रतिबेदनलाई कार्यपालिका र न.पा.को बैठकले समेत सर्बसम्मत निर्णय गरी दोषिलाई कानुनी कारबाही गर्न कार्यादेश दिएको छ । तर अहिलेसम्म कुनै कार्यवाही भएको छैन ।’
‘दोषीलाई कारबाही गर्न कार्यादेशलाई बेवास्ता गरी नगरप्रमुखले मनोमानी ढंगले अहिलेसम्म अनियमित्तालाई प्रश्रय दिईरहेको छ ।’ वडाअध्यक्ष अर्चायले भने,‘ आ.व. २०७४÷०७५ देखि नै दलित, गरिब, जनजाती , अपाङ्ग, महिला, मुस्लिम लगाएतका निम्न बर्गीय लक्षित बर्ग कार्यक्रम, जनता आवास कार्यक्रम ,कृषि कार्यक्रम , पशुपालन कार्यक्रम , लघु तथा साना उद्योग कार्यक्रम , पर्यटन तथा स्वरोजगार कार्यक्रमका लागि बजेट बिनियोजन भए पनि नगरप्रमुखले रकमान्तर गरि बजेटलाई दुरुपयोग भएको छ ।’
नगरपालिकाको विकाश निर्माणको प्रयोजनका लागि खरिद गरिएका उपकरणको दुरुपयोग भईरहेको छ । पत्रकारसम्मेलेनमा जनता समाजबादी पार्टीका नेता रामकुमार यादवले भने, ‘नगरप्रमुखले कार्यविधि तयार नगरी उपकरणको प्रयोग गर्ने गरेको,आफूखुशी निर्णयले निर्माण उपकरणहरु ब्यक्तिको जिम्मामा दिईएको छ ।’ उनले भने, ‘ब्यक्तिगत आर्थिक लाभको लागी रोलर लगायतका उपकरण बेपत्ता बनाएको तथा भएका उपकरण पनि संचालनमा नल्याई सवारी तथा प्रावधिक कर्मचारीलाई घरै बसी पारिश्रमिक उपल्ब्ध गराउँदैछ ।’नगरपालिकामाथि थप आर्थिक भार थोपारेको र सवारी साधन अत्यधिक निजी प्रयोजनको लागी प्रयोग गरी दुरुपयोग गर्ने गरेकाले सम्पूर्ण उपकरणको अभिलेख सम्मेत राखन नगरपालिकालाई खबरदारी गराइएको छ ।
शिक्षक भर्नाको परिक्षा हलमा सर्वदलिय प्रतिनिधिद्धारा तालाबन्दी
नगरपालिकाले १८ जना टीएमएल शिक्षक नियुक्त गर्न विज्ञापन विनै परीक्षा सञ्चालन गर्न खोजेको भन्दै जनप्रतिनिधि र संयुक्त राजनीतिक दलले सोमबार उक्त भर्नाका लागि लिइने परिक्षामा हलमा तलाबन्दी गरेको थियो । तर नगरप्रमुख गौत्तम पक्षले ब्यापक प्रहरी परिचालन गरि ताला फुटाएर परिक्षा संचालन गरेका छन् । एकातर्फ हरहिसावको जानकारी नदिने र अर्कोतर्फ मनोमानी ढंगले कर्मचारी नियुक्ती गर्न लागिएको दावी आन्दोलनरत पक्षको छ ।
‘यसअघि पनि सवैजसो कर्मचारी मेयर, प्रमुख प्रशासकीय अधिकृतसहितका मिलोमतोमा बस्नेहरुकै आफ्न्तहरुलाई नियुक्त गरिएको छ । र शिक्षक नियुक्तीमा पनि त्यही गर्न खोजिरहेकाले हामीले तत्काललाई परीक्षा रोक्न भनेका थियौं’ वडाअध्यक्ष अर्चाय भने–‘नसुनेपछि म लगायत ६/७ जना जनप्रतिनिधि र चार वटै दल मिलेर आन्दोलन सुरु गरेका छौं ।’ नगरपालिकाका नगरप्रमुख र प्रशासकिय प्रमुखले कानुन संगत र प्रकिर्या संगत नगरपालिकालाई संचालन गरेन भने सडक र नगर सदनमा आन्दोलन गर्ने समेत चेताबनी दिएका छन् । सप्तकोशी नगरपालिकामा नेकापाको बहुमत भए पनि नेकपाको बिभाजनको असरले ७ वटा वडा अध्यक्ष प्रचण्ड –नेपाल समुहमा आबद्ध छन् । नगरप्रमुख लगायत ४ जना ओलि समुहमा छन् ।
प्रतिक्रिया