कञ्चनपुर,फागुन २० गते । पत्रकार र एवं अनुसन्धानकर्ता भोला पासवानले संवैधानिक रुपमा प्राप्त दलित अधिकार पाउन दलित समुुदाय स्वयम एक जुट भएर अग्रस हुनुपर्ने बताएका छन् ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर १को संयुक्त दलित अधिकार सर्घष समितिले बिहीबार वैरवामा आयोजना गरेको वडास्तरीय दलित अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति पत्रकार पासवानले सो कुरा बताएका छन् ।
संविधानले दलितलाई उच्च शिक्षासम्म निःशुुल्क अध्ययनको व्यवस्था गरेको छ,देशलाई सात पटकसम्म छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको छ तर व्यवहार ती सबै झुठ साबित भएको छ ।’ पत्रकार पासवानले भने,‘ संघीय र प्रदेश सरकारले दलित अधिकार सुनिश्चित गरेको भएपनि स्थानीय सरकार दलित बिरोधी काम गरिरहेको छ ।’
पालिकाले बजेट निमार्ण गर्दा समाजिक विकास अन्तर्गत दलित,महिला,मुश्लिम र पिछडा वर्गका लागि बजेट विनयोजन गर्न प्रष्ट रुपमा नीतिगत व्यवस्था गरिएपनि जनप्रतिनिधिहरुले निमुखा दलित लगायत सिमान्तकृत समुदायलाई अहिले दलितको लागि कुनै बजेट तोकेर नआउने भन्दै ढाट्ने गरेको बताउँदै पासवानले संवैधानिक रुपमा प्राप्त अधिकार लिनका लागि दलितहरु एकजुट भएर सर्घष गर्नुपर्ने बताए ।
कार्यक्रममा दलित अगुवा जगदेव रामले स्थानीय सरकार गठन भएपछि दलितहरु थप पीडित हुनुुपरेको बताए । उनले भने,‘ राजनीतिक दलले आफना भाषण सुनाउँन दलितहरुलाई प्रयोग गरेपनि दलित अधिकारका लागि कुनै पहल गरेको छैन । अर्का अगुवा बौनीदेवी खंगले विद्यालयमा दलितलाई सबभन्दा बढी विभेद भइरहेको बताइन् । उनले भनिन,‘ दलित र गरिबका बालबालिका विद्यालय त जान्छन तर त्यहाँ शिक्षा पाउँदैनन,यो नयाँ किसिमको विभेद नै हो ।’
दलित अगुुवा महेन्द्र पासवानले दलित अगुवाहरु एक जुट भएर सर्घष गरे दलितका लागि संबैधानिक व्यवस्था कार्यान्वयन गर्न तीनै तहको सरकार बाध्य हुने बताए । त्यस्तै कार्यक्रममा भुवनेश्वर सदा,रामचन्द्र खंग,रामस्वरुप राम,सकलदेव खंग,आनन्दीदेवी राम,खेमनारायण सरदार,रामजी खंग,सुरजीदेवी खंग र विन्देश्वरी राम र रामनारायण सदाले दलितमाथि भइरहेको विभेदका विरुद्ध एक जुट भएर सर्घष गर्नुपर्ने बताएका थिए ।
वडा नम्बर एकको संयुुक्त दलित अधिकार सर्घष समितिका संयोजक रामदेव मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन दलित सरोकार मञ्च नेपालकी अनिता कुमारी खंगले गरेकी थिइन ।
प्रतिक्रिया