राजकुमार साह
कञ्चनपुर,फागुन २३ गते । सप्तरी प्रहरीले १७ बर्षको अनुसन्धानपछि छुरा प्रहार गरी हत्या गर्ने आरोपी मण्डललाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
साविक लोहजरा गाविसका वडा नम्वर ८ का ४३ वर्षीय देव नारायण मण्डले २०६० पुस ८ गते विहान लोहजरा गाविस वडा नम्वर ८ कै ३१ वर्षीय सुक्रुत सदामाथि धारीलो छुरा प्रहार गरेको थियो । पेटमा छुरा लागेर आन्द्रा भुडी निस्केर गम्भीर घाइते भएका सदालाई उपचारको लागि धरानतर्फ लैजादै गर्दा मृत्यु भएको थियो । घटनापछि फरार रहेका मण्डललाई शनिवार घरबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
‘खोज तलाश हाम्रो जारी नै थियो । सोही क्रममा प्रतिवादी घरमै लुकिछिपी बसिरहेको भन्ने सूचना आयो’ उनले भने–‘सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मण्डललाई घरबाटै पक्राउ गरेको हो ।’ घटनाबारे थप कानूनी प्रक्रिया अघि बढाइएको एसपी धमलाले बताए ।
प्रतिक्रिया