५१ प्रतिशत महिला समाजिक, आर्थिक र राजनीतिकरुपमा पछाडी : अधिकृत चौधरीे

  • फाल्गुन २५, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर, फागुन २४ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको समाजिक विकास शाखाका वरिष्ट अधिकृत शुशीला चौधरीले नेपालमा कुल जनसंख्याको ५१ प्रतिशत महिला भएपनि  सम्मान ब्यवहार नभएकोले महिलाहरु समाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडी रहेको बताएकी छिन । 

“महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” १११ औ  महिला दिवसको अबसरमा वरिष्ठ अधिकृत चौधरीले सो कुरा बताएकी हुन । सर्ब प्रथम १९१० को ८ मार्चमा चिन, ब्राजिल , बेलायत र अमेरिका लगाएतका केहि महिला संगठित भएर अन्तराष्ट्रियरुपमा महिला हिंसा, उत्पीडनबिरुद्ध, महिला शैकक्षिक, राजनीतिक र समाजिकरुपमा अधिकार पाउनु पर्छ भने बहस तथा संघर्ष शुरु भएको थियो । त्यही समय देखि महिला र पुरुष बिचको भेदभाब बारे बहस शुरु भएको हो । 

अधिकृत चौधरीले भनिन, “२०५४ सालदेखि नेपाल सरकारले लैङ्गिक हिंसा बिरुद्ध महिला र पुरुष बिचको सम्मान्ताबारे नीति लिएको छ । बर्तमान अबस्थामा महिला हिंसा,अपराध न्यूनिकरण नभएर दिन प्रतिदिन घटना बढिरहेको छ । महिला सुरक्षा, सम्मान र रोजगारको सुनिशचता राज्यले गर्नुृ पर्छ, अनि मात्र समृद्ध नेपालको आधार नाराले नेपालको बिकास हुन्छ ।” कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमार मिश्रा र कार्यक्रमका अध्यक्षता नगर उपप्रमुख नीरु पेखरेलले गरेकी थिईन ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष करिम शेख, ६ नं.का जिब्रील, बडा नंं ७ का वडाध्यक्ष हरि कृष्ण महतो, ८ नं.का राजकुमार साह, बडा नंं १० का वडाध्यक्ष दिलिप चौधरी, महिला विकास तथा बालबालिका शाखा प्रमुख भावना घिमिरे, ईलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंह र शस्त्र प्रहरी बल दन्तकाली बरमझियाका सुरक्षाकर्मी लगायतको सहभागी रहेको थियो । सो कार्यक्रममा बालबालिका र महिला प्रतियोगिता खेल पनि भएको छ ।

यसैगरी दलित सरोकार मञ्च कञ्चनपुरले १११ औ  महिला दिवसको अबसरमा  दलित महिला माथि हुने हिंसा बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक भोला पासमानले घरेलु हिंसा र समाजिक हिंसा न्यूनीकरण गर्नका लागि यौनीकता र नैतीकताको बारेमा समाजमा र विद्यालयमा खुलेर बहस हुन जरुरी रहेको बताए । महिलाहरुलाई आत्म सुरक्षाको दृष्टिले सेल्फ डिफेन्सको टे«निङ्गको आवश्यक्ता रहेको बताउदै पासवानले पितृसतात्मक सोचका कारण महिला माथि हिंसा जारी रहेको बताए । कार्यक्रममा सहभागिहरुले लैंगिक हिंसा न्युनिकरण गर्न महिला भन्दा पनि पुरुषहरुलाई बढी सचेत गराउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया