मन्त्री साहद्वारा ज्येष्ठ नागरिक भवन उद्घाटन,राजाजी मन्दिर तथा सामुदायिक भवन शिलान्यास

  • फाल्गुन २७, २0७७
  • 0
...

कञ्चनपुर फाल्गुन २६ गते बुधवार । प्रदेश नं. २ का  समाजिक विकास मन्त्री नवल किशोर साहले आफु मन्त्री रहे पनि नरहे पनि या पार्टीको शिर्ष पदमा भए पनि नभए पनि सदैव जनताको सेवामा रहने बताएका छन ।

मन्त्री साहले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ स्थित बस्तीपुरको राजाजी मन्दीर र पञ्चकन्या मन्दीर परिसरमा सामुदायिक भवनको शिलान्यास र राजाजी मन्दीर परिसरमा निर्माण भएको जेष्ठ नागरीक भवनको उद्घघाटन क्रममा यस्तो बताएका हुन । मन्त्री साहले जनताको कामको लागी तथा विकासको हरेक  कार्यमा  २४सै घण्टा काम गर्न तयार रहेको समेत बताए । मन्त्री साहद्धारा कञ्चनरुप १२ वडा रहेको  नेपाल सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक इकाई कार्यालय राजविराजबाट प्राप्त अनुदान रु १० लाख, ६५ हजार चार सय ५८ रुपैयाँ र पैसठ्ठी पैसामा कन्टेन्जेन्सी कटाएर कुल १० लाखको लागतमा राजाजी मन्दीर निर्माण हुने र सामाजिक विकास इकाई कार्यक्रम अन्तर्गत कुल २० लाखको लागतमा पञ्चकन्या सामुदायिक भवन निर्माणको शिलान्यस गरेका हुन  यसैगरी कञ्चनरुप नगरपालिका द्वारा ५ लाख लागतमा निर्माण भएको  जेष्ठ नागरिक भवनको उद्घघाटन गरेको थिए । 

कञ्चनरुपका नगर प्रमुख बसन्त कुमार मिश्र, नगर उपप्रमुख निरु पोखरेल,सामाजिक विकास इकाई अधिकृत दुनियालाल यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यहरु अमरेन्द्र झा, कल्पना चौधरी, राज कुमार यादव, दलित विकास समिति सदस्य श्याम सरदार, जिल्ला सदस्य रामेश्वर यादव लगायत जसपाका र अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया