कञ्चनरूपमा एकै दिन भिन्दाभिन्दै आगलागीमा १० लाख बरावरको धन सम्पती जलेर नष्ट

  • फाल्गुन २७, २0७७
  • 0
...

राजकुमार साह कञ्चनपुर,फागुण २७ गते । कञ्चनरुप नगरपालिका वडा नं. १ बैरवामा आगलगि हुदा ७ लाख बरावरको धन सम्पतीको क्षती भएका छन् । आज बिहान करिव १० बजे कञ्चनरुप नगरपालिका २ बैरवमा खाना पकाएको चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षती भएको छ ।

उक्त आगलागीमा १ लाख नगद रुपैया, चामल, धान, गैहु,दाल , १ ओटा जस्तापाता छाना भएको घर,लुगाकपडा, भाँडाकुडा र खाट चौकी गरि उक्त रकम बरावरको धन सम्पतीको क्षती भएको पिडीत दुःखनी देवी बैधले बताईन । स्थानीय अर्जुन पजियारका अनुसार आगलगि हुदा घरमा पिडीतको कोईनभएर खद्यान , लुगा कपडा लगायत केही नबचेको वताए ।

स्थानीयर प्रहरीको सहयोगको साथै समयमै आगो निभाउन नगरपालिकाको बारुण यन्त्रल पुगेकोले आगो चाडै नियन्त्रणमा आएकोे थप क्षती हुनबाट बस्ती जोगेको पजियारले वताए ।

यसैगरी कञ्चनरुप नगरपालिका वडा नं. ४ स्थित बकालमा आगलगी हुदा ३ लाख बराबरको धनसम्पती जलेर नष्ट भएको  वडा नं. ४का वडाध्यक्ष रामनारायण साहले बताए । उनेले भने, जगदिश साहको गोठालो घरमा लामखुट्टे धपाउनको लागि बालेको घुरबाट आगो लागेको हो । आगलागीमा नरायण साहको खप्पराको दुइवटा घर, धान चामल, गेहु, कपडा, भाडाकुडा लगायत नगद ५० हजार रुपैया र जगदिश साहको एकवटा जस्तापात भएको गोठालो घर जलेर क्षती भएको छ ।   

प्रतिक्रिया