राजकुमार साह
कञ्चनपुर,फागुन २८ गते । सप्तरीको छिन्नमस्ता गाँउपालिकाका एक युवकलाई अपहरण गरि परिवारजनसँग ५० लाख फिरौती माग्ने फरार अभियुक्त मध्ये एक जनालाई बिहिवार जिल्ला प्रहरी सप्तरीले पक्राउ गरेको छ ।
छिन्नमस्ता गाउपालिका १ बरहीबिरपुरका ४५ बर्षिय भोलेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको छ । सोहि गा.पा. १का तत्कालिन १७ बर्षिय संजिब कुमार साहलाई २०६७ सालको कार्तिक २६ गते साँझको करिब १९ः१५ बजेको समयमा छट पर्वको पुजा आजा गर्न गएको समयमा अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जनाएको छ ।
अपहरितको दाजु तत्कालिन २२ बर्षिय रंजित कुमार साहले अपहरण तथा शरिर बन्धक मुद्दा गत आ.व. २०६७÷०६८ मा मुद्दा नं. १३० जिल्ला अदालत सप्तरीमा गरेको थियो । अपहरणकारि यादवले ५० लाख रकम फिरौती परिवारजनसँग माँग गरेपछि रंजितले पटक पटक गरि १३ लाख ५ हजार रकम फिरौती दिएको छ । तर अपहरित ब्यक्ति साह हाल सम्म के कहाँ छ भने पतो छैन् । प्रहरीका अनुसार अपहरणकारी यादवलाई २०७३ भदौ १५ गते लागेको कैद जरिवना फैसलाले ९ वर्ष कैद र २५ हजार रकम जरिवाना तोकेको छ ।
सम्मानित सप्तरी जिल्ला अदालतबाट बिभिन्न मुद्दाहरुमा फैसला भई फैसला कार्यान्वयन अन्तर्गत फरार सुचीमा रहेका अभियुक्तहरुलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियान अन्तर्गत फरार रहेका अपहरणकारि यादवलाई घरमा लुकीछिपी बसदै गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता साहले वताए । सम्मानित सप्तरी जिल्ला अदालतमा आज अपहरणकारि यादवलाई पेश गरेको प्रहरीले जनाए ।
प्रतिक्रिया