राजकुमार साह
कञ्चनपुर ,फागुन २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान अन्तर्गत २ हजार १ सय १७ जना जेष्ठ नागरिकले खोप लगाएका छन् । कञ्चनरुप नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख रामशेवक यादवका अनुसार दुई दिने खोप कार्यक्रम अभियान अनुसार शुक्रवार र शनिवार गरी जम्मा १ हजार ४८ जना महिला र १ हजार ६९ जना पुरुषले खोप लगाएका छन् ।
जसमा सबैभन्दा बढी वाड नं. १२मा २ सय ७४ जना खोप लगाएका छन् । त्यसैगरि वडा नं.८मा २ सय ३० जना,वाड नं. १मा १ सय ५३ जना, वाड नं. २मा १ सय ८ जना,वाड नं. ३मा १ सय ३ जना,वाड नं. ४मा १ सय ५६ जना, वाड नं. ५मा १ सय ४२ जना, वाड नं. ६मा १ सय ५ जना, वाड नं. ७मा १ सय ८० जना,वाड नं. ९मा १ सय ६० जना,वाड नं. १०मा १ सय ३३ जना र वडा नं. ११मा १ सय ७ जनाले खोप लगाएको जनस्वास्थ्य प्रमुख यादवले वताए ।
गत शुक्रवारबाट सुरु भएको दोस्रो चरणको खोप अन्तर्गत शनिबार सम्ममा २ हजार ६ सय ३७ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । जसमध्ये आज सम्ममा २ सय २० भाईल खोप खर्चभएको छ,भने ८०.४० प्रतिशतले खोप लगाएको प्रमुख यादवले वताए ।
प्रतिक्रिया