कञ्चनपुर, चैत १ गते । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले अध्यक्ष पदमा बिनोद पहाडीलाई सर्वसहमतिले चयन गरेको छ । फागुन २८ गते देखि बुटवलमा सुरु भएको महाधिवेशन आज सम्पन्न भएको छ । उक्त महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेका छन् ।
तीन दशकदेखि पत्रकारितामा संलग्न पहाडी संविधान सभाका सदस्य समेत थिए । त्यसैगरि संघको वरिष्ट उपाध्यक्षमा गोपाल बराईलि ,उपाध्यक्ष (महिला)मा कमला कुमारी विक, उपाध्यक्षमा मिलन परियार चयन भएका छन् । प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट पर्वत पोर्तेल , प्रदेश २ बाट भोला पासवान, बागमतिबाट बुद्धि विश्वकर्मा, गण्डकीबाट दिपक परियार, लुम्बिनीबाट विनोद परियार, कर्णालिबाट टेकेन्द्र विश्वकर्मा र सुदूरपश्चिबाट करण ताम्राकार, महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा खुल्लातर्फ सन्तोष गन्र्धव र विरु नेपालि, मघेशबाट सचिवमा सिकेन्दर पासवान, महिलाबाट सचिवमा रीता बुढाथोकी, र कोषाध्यक्षमा भिम व. घिमिरे चयन भएका छन् ।
महाधिवेशनमा संघले टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सेजुवाल र बृजलाल पासवान, देवब्रत परियार स्मृति पुरस्कार रुपन्देहीकी मीना ढकाल, राममाया च्यामे लोक पुरस्कार विष्णु निष्ठुरी, परशु सवरी पत्रकारिता पुरस्कार मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कार पे्रम सुनारलाई प्रदान गरेका छन् । त्यसतै लोकदोहरी गायक राजु परियारलाई संघले सम्मान गरेको छ ।
देशभरिबाट करिव ४ सय पत्रकारहरुको सहभागिता रहेका महाधिवेशनमा आमसञ्चार र समावेशिताको सवाल मिडियामा महिला,दलित महिला,दलित आन्दोलन युवा र आम सञ्चार विषयमा छुटाछुटै कार्यशाला गोष्ठी समेत भएको थियो । संघको हालसम्म ६५ जिल्लामा शाखा, ७ प्रदेश र काठमाण्डौं उपत्यका समितिहरु क्रियाशील रहेका छन् । संघका अध्यक्ष पहाडीका अनुसार देशभरमा झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध छन् । संघले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका खेल्ने पहाडीले वताए ।
प्रतिक्रिया