सप्तरीमा २४ घण्टा नबित्दै दुुई ठाउँमा आगलागी एक करोडको क्षति, आगलागीमा २० वटा गाई जले

  • चैत्र ६, २0७७
  • 0
...

कन्चनपुर,चैत्र ६गते । सप्तरीमा २४ घण्टा नबित्दै दुुई छुुट्टा–छुुट्टै ठाउँमा भएको आगलागीमा एक करोडभन्दा बढीको क्षति भएको छ ।

आगो निभाउने क्रममा दुुई जना घाईते हुनुुका साथै २० गाई जलेर नष्ट भएको छ । पछिल्लो पटक सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्म बिहीबार राती आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ । आगलागीपछि ३० वटा गाई हराएका छन् ।

गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु भएको छ भने १० वटा गाई घाइते भएको छ ।

फार्मका संचालक मनोज कुमार साहका अनुसार ३० वटा हराइरहेको छ । एक्कासी विद्युत सर्ट भएर आगो लागेको सञ्चालक मनोजको भनाइ छ । आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको साहले दावी गरेपनि जिल्ला प्रहरी कार्यालय सप्तरीले ३१ लख क्षति भएको जनाएको छ ।

आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

तिलाठी कोइलाडीमा आगलागी हुदाँ झण्डै ७० लाख क्षति

त्यस्तै बुधबार राती सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ आगलागी हुदाँ झण्डै ७० लाख बराबरको क्षति भएको थियो । स्थानीय हरिकिशुन खंंगको घरमा रहेको सिलिण्डर लिंक भएर आगलागी हुदाँ ७० लाखभन्दा बढीको क्षति भएको वडा अध्यक्ष राजेन्द्र साहले जनाए । आगलागीमा हरिकिशुनसहित रामचन्द्र खंग र नकछेदी खंगको चार घर जलेको वडा साहले जानकारी दिए । आगलागीमा गम्भिर घाईते भएका हरिकिशुनको उपचारको लागि पठाइएको वडा अध्यक्ष साहले बताए ।

रातिको समयमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सवै सरसमान जलेको जनाएको छ । राजविराज र हनुमाननगर नगरपालिकाबाट पुगेको वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी तथा स्थानियवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया