दलित समुदायहरु संगठित भई क्रान्ति गर्नुपर्ने : समितिका सदस्य सरदार

  • चैत्र ९, २0७७
  • 0
...

राजकुमार पासवान
कञ्चनपुर,चैत्र ८ गते  ।
दलित विकास समिति प्रदेश नं.२ का सदस्य श्याम सरदारले,भने“दलित समुदायहरुलाई शिक्षित बन्नु पर्ने,संगठित बन्नु पर्ने त्यस पछि क्रान्ति गर्नुपर्ने बताएका छन्” । आईतबार दलित सरोकार मञ्च सप्तरीको आयोजना ५६ औं  अन्र्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस अबसरमा सरोकारवाला निकाय सँग अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सो कुरा बताए ।

सो विकास समिति सदस्य सरदारले दलित समुदायहरुलाई अहिले पनि गाउँघरमा छुवाछुतको यस्ता घटनाहरु भईरहेकोले आफु भित्र नलुकाई प्रशासन उजुरी दिई दोषीलाई कारवाही तर्फ आवाज उठाउनुपर्ने बताए । समितिका सदस्य सरदारले थपे,“नेपालमा दलित समुदायहरुमा आर्थिक रुपले शोषित,समाजिक रुपले उत्पीडित, राजनितिक रुपले उपेक्षित,शैक्षिक रुपले वञ्चित र धार्मिक रुपले संस्कृत रुपले अपहेलित भई दलितहरुलाई अमान्व्य रुपमा व्यवहार गरिरहेको बताए” ।  सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नरेश कुमार सिंहले,भने“नेपालको संविधान उल्लेख भए अनुसार छुवाछुत तथा विभेदहरु अन्त्य भईसकेकोले कसैले छुवाछुत गरेको छ भन्ने भन्ने हामी कहाँ आउनुस् हामी त्यस्ता छुवाछुत गर्नेलाई कानुन बमोजिक करवाही गर्न तयार रहेको बताए” । 

प्रहरी प्रमुख नरेश कुमार सिंहले हामी पनि कानून अनुसार चल्ने भएकाले कानूनी प्रक्रिया अनुसार नै चल्नु पर्छ,त्यसैले अपराध गरेको छ भन्ने सजाय भोग्नु पर्छ र दोषिलाई सजाय दिने प्रशासनको दायित्व हो । र जातियको आधारमा थिचोमिचो नसहनुस् कानूनले तपाईहरुलाई हक अधिकार दिएको बताए । सो कार्यक्रममा दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक एवं  अनुसन्धानकर्ता भोला पासवानले भने अन्तराष्ट्रिय भेदभाव उन्मुलन दिवस १९७१ मा नेपालमा लागु बताउदैं जातिय छुवाछुत लगायत कुनै किसिमको अपराध हेरेर नहेरेको जस्तो गर्नु हुन्छ र सहनु हुन्छ भन्ने त्यो पनि कानूनको ठुलो उलंघन भएको मानिन्छ । निर्देशक पासवानले भने छुवाछुत वा कुनैे किसिमको दलित माथी हुने अन्याय घटनाहरु हामी न्यायको लागि स्थानिय निकाय देखि माथी निकाय जाने दलित समुदाय न्यायको लागि लडन तयार रहेको प्रतिबदता गरेका छन् । 

सो ५६ औं अन्र्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक एवं अनुसन्धानकर्ता भोला पासवानको अध्यक्षता एवं दलित विकास समिति प्रदेश नं.२ का सदस्य श्याम सरदारको प्रमुख अथितिमा सम्पन्न कार्यक्रममा मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले स्वागत मत्व्य गरेका थिए भने मञ्चकी कार्यक्रम सहायक अनिता कुमारी खंग कार्यक्रम सञ्चालन गरिएका थिए । सो कार्यक्रममा दलित अगुवा कञ्चनरुप नपा १का रामदेव खंग, वडा नं. ११का रमानन्द सदा, वडा नं. १२का डिक बहादुर विश्वकर्मा  र प्रदेश नं. १ बराहक्षत्र नपाका महेन्द्र खत्वे लागायतका दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया