कञ्चनपुर,चैत १० गते । सप्तरीको अग्नीसाईर कृष्षसबरण गाउँपालिका ५ का बैंकिङ मुद्दाका फरार ३३ बर्षिय प्रशान्त कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा सोमवार चौधरीको घरबाट पक्राउ गरेको हो । उच्च अदालत बिराटनगर मोरङ संयुक्त बाणिज्य ईजलासको २०७७ पुस १३ गतेको फैसला अनुसार ६० लाख ७५ हजार जरिबाना र १४ दिन कैद सजाय भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जनाएको छ । प्रहरीका अनुसार मंगलबार अदालतमा चौधरीलाई उपस्थित गराउँदा कैद र जरिवाना भुक्तानको लागी कारागार पठाएको वताए ।
प्रतिक्रिया