कञ्चनपुर,चैत्र १५ गते । कर्तब्य ज्यान मुद्दामा तीनै तहको अदालतबाट दोषी प्रमाणित भएका एक जनालाई २० बर्षपछि प्रहरीले पक्राउ गरि आईतबार करार चलान गरेको छ ।
सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस –६) काे ५४ बर्षिया लक्ष्मण साह तेली भन्ने धनीलाल साहलाई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटी गएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेको साहलाई आईतबार जिल्ला अदालतमा उपस्थित गराई करागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्ले जनाएको छ ।
घटना यस्तो थियो :
सप्तरी मौवाहा –६ ( हाल बलान बिहुल गाउँपालिका–३ ) बस्ने ५४ बर्षिया लक्ष्मण साह तेली भन्ने धनीलाल साह समेत भएको २०५७ साल साउन ३ गते राती करिब १२ बजेको समयमा दशरथ साहलाई हत्या गरेको थियो । पिसाब फेर्न भनि सडक बाटोमा निस्केको अवस्थामा प्रतिवादी लक्ष्मण साह तेली भन्ने धनिलाल साह तेली समेतले घेरा हाली खुकुरी तथा लाठी फट्टा समेतले प्रहार गरी दशरथ साहलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान तथा ज्यान मार्ने उधोग मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०६५ चैत्र ११ गते तथा तत्कालिन पुनरावेदन अदालत राजबिराजबाट २०६७ साल चैत्र २२ गते तथा सम्मानित सर्वोच्च अदालतबाट २०७२ साल मंसिर १ गतेसमेतको फैसलाले प्रतिवादी लक्ष्मण साह तेली भन्ने धनिलाल साह तेली लाई २० बर्ष कैद ठहर भएको थियो ।
प्रतिक्रिया