राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल पिडा : मधेशका सांसदलाई धेरै मान्छे भेट्न जाने र दिशा पिसाव धेरै गर्ने भएकोले घरभाडा दोब्बर तिर्नु पर्ने बाध्यता छ

  • चैत्र १६, २0७७
  • 0
...

कञ्चनपुर, चैत १५ गते । राष्ट्रिय सभाका  सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेलले मधेशका सांसदहरुलाई काठमाडौंमा दोब्बर भाडा तिर्नुृ परेको गुनासो गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका स्थित रुपनगरमा आईतवार मधेशी आयोगद्धारा आयोजित होली मिलन समाहरोहमा प्रमुख अथितिको रुपमा शुभकामना दिदै सांसद प्याकुरेलले ‘मधेशबाट प्रतिनिधित्व गर्ने माननिय कहाँ धेरै मान्छे भेटघाट गर्न जान्छ,दिसा पिसाव र फोहर पनि उत्तिकै गर्छ जसले अरुभन्दा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदलाई घरधनीले दोब्बर भाडा लिनेगर्दछ ।’
मधेशी आयोगको कार्यक्रममा प्रमुख अथिति प्याकुुरेलले कार्यक्रममा पटक पटक महिला आयोग भनेर सम्बोधन गरेका थिए । उनले भने,‘ हामीले बनाएको विभिन्न आयोगहरु स्थायी होईन,यसको १० बर्षको कार्यकाल हो । त्यसपछि कुन आयोग राख्ने कुन नराख्ने भन्ने निर्णय सरकारले गर्छ ।’

राजतन्त्र, निरकुंश तन्त्र , पंचायती व्यवस्थाले बिभिन्न जाती, जनजाती र लिङ्गका मान्छेहरुले समाजिक बिभेदमा परेका हुनाले समनताको हक र आर्थिक,समाजिक हक सुनिश्चिताका लागि आयोग गठन भएको छ । राष्ट्रिय सभास सदस्य प्याकुरेलले बाध्यकारी कानूनका कारण ३३ प्रतिशत महिलालाई अधिकार दिने निर्णय भए पनि महिलाको क्षमता बिकास हुन नसकेकोले पार्टी संगठन निर्माण गर्ने बेलामा बाध्य भएर औठा छाप महिलाहरुलाई बाध्यताको रुपमा पु¥र्याउनु परेको बताए ।
उक्त कार्यक्रममा अथितिका रुपमा सप्तकोशी नगरपालिकाका नगरप्रमुख उत्तम गौतम, कञ्चनरुप न.पा.का वडा अध्यक्षहरु मध्ये वडा नं.१०का दिलिप कुमार चौधरी , वडा नं. १२ का देवि बहादुर खत्री, वडा नं. ६का वडा अध्यक्ष मोहम्द जिब्रिल मियाँ, भुमि आयोग सप्तरीका सदस्य गीता पौडेल, पत्रकार भोला पासवान , समाजसेवि मुरारी कार्की, मोसी लाल साह, किरण गुप्ता,हरिहर वस्नेत र भोला राउत लगायतले होलीको शुभकामनाको साथै, आयोगलाई अगामिदिनमा मघेशमा रहेका विभेद , दाईजो पर्था र शिक्षामा जोड दिनु पर्ने लगायतका सुझाब पनि दिएका छन् । उक्त कार्यक्रमको संचालन नि.वर्तमान अध्यक्ष शिवनारायण साहले गरेको थियो भने कार्यक्रमका अध्यक्षता आयोगका सदस्य रेणु देवी साहले गरेका थिईन । 
आयोगका सदस्य रेणु देवी साहले मधेशको संस्कृति र होलीको बारेमा प्रस्ट पार्दै मधेशका समस्या मध्ये महिला माथीको विभेद , घुघट प्रथा,शिक्षामा महिलाको पहुँच लाई बढाउनु पर्ने लगायतको चुनौती रहेको वताइन ।
मधेशी आयोगको कार्यक्रम भएकोले कञ्चनरुपका नगर प्रमुख र उपप्रमुख नआएको हो भन्दै आयोग सदस्य मधेशीलाई  बिभेद गरेको बताइन ।

प्रतिक्रिया