नगरपालिका,वन र उपभोक्ता समितिको संलग्नतामा दैनिक सयौ ट्रयाक्टर बालुवा तस्करी,नदी दोहनले दुुई सय ५० घर बस्ती बाढीको जोखिममा

  • चैत्र २१, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,चैत्र २० गते । सप्तरीको कञ्चनरुप नगरपालिका भित्र पर्ने तीन वटा खोला  र नदीको बालुवा कानुनी प्रक्रिया विपरीत दैनिक संयौ ट्रयाक्टर बालुवा तस्करी हुनेक्रम बढेपछि नदी दोहनले मानव बस्ती बाढीको जोखिम बढेको छ ।
कञ्चनरुप नगरपालिका,इलाका वन कार्यालय र प्रहरीको मिलोमतोमा तीन वटै खोलाबाट दैनिक संयौं ट्रयाक्टर बालुवा तस्करी भइरहेका छन् । कञ्चनरुप न.पा. वडा नं. ९ स्थित रघुुनाथपुरका कुमार रोकाका अनुसार नगरपालिका र सव डिविजन वन कार्यालय कञ्चनपुरको संलग्नता र प्रहरीको सहमतिमा अनियन्त्रित तरिकाले सुन्दरी खोलावाट उक्त परिणाममा बालुवा उत्खन्न गरि तस्करी भइरहेका छन् ।
प्रत्येक वर्ष हाम्रो २ सय ५० घर धुरी डुबानमा पर्छौ,पछिल्लो पटक नगरपालिकाले केही रकम लिएर अनाधिकृत रुपमा बालुवा निकाल्न अनुुमति दिएपछि बस्ती नै थप जोखिममा परेको छ । रोकाले भने, बिना कुनै मापदण्ड नै नअपनाई मनोमानी तरिकाले बस्तीलाई नै असर पुुग्नेगरी नदी उत्खननले सुन्दरी नदी पोखरीमा परिवर्तन भईसकेक ो छ ।’ 
‘२५ बर्ष पहिला कहिले नभएको बस्ती तीरको कटान अहिले सुरु भएको छ ।  बालुवा कटाईको मात्रा र नहर जस्तो च्यानल बनाएर नदीको बिच भागमा काटदा अलि कम जोखिममा बस्ती पर्छ । ’ स्थानीय कैलाश प्रसाद पौडेलले भने,‘ बस्ती कटानहुनबाट कसरी जोगिन्छौ भन्ने त्रासले हामी चिन्तीत छौ । तर सम्बन्धीत निकायहरु नदीमा पोखरी खन्नमा ब्यस्त छ ।’
त्यस्तै बान्द्रा खोला नजिकका स्थानीय वडा नं. १२का कुजरत अलिले भने, ‘अनियन्त्रीत तरिकाले बालुवा निकास भईरहेकोले हाम्रो बस्ती जोखीममा रहेको छ ।’ उनले भने,‘ट्रयाक्टर चालकहरुलाई बालुवा नकाटनु भन्दा उल्टै चालकहरु झगडा गर्छन । चालकले भन्छ हामी न.पा.बाट अनुमति लिएर काटेको हुँ तर त्यही अनुमति पत्र देख्न माँगदा झगडा गर्न सम्म तयार भई हाल्छ । कञ्चनरुप नपा वडा नं. १२ का स्थानीय प्रलाद कटुवालका अनुसार पौडा खोला र बनरा खोलाबाट गैर कानुनी प्रक्रियाले बालुवा निकासी प्रहरीको  घुमुवाको संलग्नता र वन कार्यालय र न.पा.लाई ठूला ठूला तस्करहरुले पैसा खुवाएर नियम बिपरीत नदी दोहन गरिरहेको वताए । उनले भने, ‘दिनमा एउटै ठाउँबाट ५०  ट्रयाक्टर भन्दा बढी बालुवा निकालिन्छ तर हामीले वडा कार्यालयलाई भन्दा पनि केही वस्ता गर्दैनन् ।’
सव डिविजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत उमेश यादवका हनुसार वनक्षेत्रको खोला र नदीबाट बालुवा निकाल्न कानुनी प्रतिबन्ध छ । उनका अनुसार नजिककै खोला र स्थानीयको ब्यक्तिगत आवश्यक्ताको कारणले ब्यवहारीक रुपमा मात्र केही ट्रयाक्टर बालुवा नदीबाट लिन दिएको दावी गरे । नगरपालिकाले नगदी रसिद काटेर बालुवा बिक्रि गरिरहेको सवालमा अधिकृतले भने ,न.पा. वा कसैले बनको अनुमति र वन ऐनको कानुन बिपरीत रसिद काटेर बालुवा निकाल्न पाउदैन।’
न.पा.ले रसिद दिएर बालुवा निकालिरहेको जनकारी नरहेको वताउदै उनले भने,यदि न.पा.ले त्यस्तो गरेको रहेछ भन्ने कानुन विपरीत काम हो र त्यस्तोलाई हामी पक्राउ गछौं ।’ वन समुह वन कार्यालयको मातहतमा भए पनि समुहका सह सचिव जगदेव यादव न.पा.को नगद रसिद काटदा पनि अधिकृतले यादबले भने जनकारी नभएको दावी गरे । यादबले भने,‘म बाहिर भएकोले आए पछि जिम्मेबार निकायहरुलाई बोलाएर छलफल गराईदिन्छुु । यसमा मेरो कुनै संल्गनता छैन ।’
कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वस्नत कुमार मिश्रका अनुसार सुन्दरी खोला र बनरा खोलामा न.पा.ले नगदी रसिद काटेर बालुवा निकास गरी रहेको वताए  । उनले भने,‘ पौडा खोलाको बालुवा निकासीमा न.पा.को संलग्नता छैन ।’ तर नगरपालिकाले नै नगदी रसिद छापेर पैसा उठाएको प्रमाण पेश गर्दा समेत नगरप्रमुख मिश्रले सो आफूलाई जानकारी नभएको दावी गरे । उनले भने,‘गुणस्तर बालुवा तल भएकोले बालुवा निकाल्दा सुन्दरी खोलामा पोखरी जस्तो भए पनि पछाडी त्यसलाई मिलाईन्छ ।’
नगरपालिकासँग सहकार्य नगरी न.पा.ले बालुवा उत्खन्न गरीरहेकोे छ । दैनिक कति रकम बालुवा वापत न.पाले उठाईरहेको बुझदा नगरप्रमुख मिश्रले आफूूलाई थाह नभएको वताए । तर निकुरी टिकुरी समुदायिक वन उपभोक्ता समुहका सह सचिव जगदेव यादवका अनुसार न.पा.ले आफूलाई नगदी रसिद सहित प्रति ट्रिप बालुवा निकासी वापत ३ सय रुपैया उठाउनु भनेर नगरप्रमुख र प्रशासकीय अधिकृतले भनेकोले सोहि अनुसार रकम उठाएको दावी गरे ।
सिफारिस २५ टीपको तर निकासी ५ सय टीपभन्दा बढी
बालुवा तस्करहरुले स्थानिय उपभोक्ता समितिका सिफारिस २५ टिपको लिएपनि त्यसबाटै महिनौंसम्म ५ सय टिपभन्दा बढी बालुवा निकासी गर्ने गरेको स्थानीयको भनाईछ । बालुुवा तस्करहरुले कञ्चनरुप नगरपालिका भित्र दर्जनौं ठाउँमा अवैधानिक ढिपो खडा गरेर बालुवा थुप्राने र त्यहाँबाट सुुनसरी र मोरङ्ग जिल्लासम्म चर्को मूल्यमा बिक्री वितरण गरिरहेका स्थानीयको भनाईछ ।  
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बालुुवा तस्करीमा प्रहरीको संलग्नता भएको प्रमाण पेश गरे तत्काल कार्यवाही गरिने बताए । स्थानीय स्रोत साधनको संरक्षण गर्नका लागि नगरपालिका र जिल्ला समन्वय समितिको मुख्य जिम्मेबारी भएको बताउँदै प्रहरी प्रमुख धमलाले भने,‘ अवैध रुपमा वन क्षेत्रबाट बालुवा तस्करी गरिरहेका ट्रयाक्टरलाई पक्राउ गरी आवश्यक कार्यवाही पनि गरेका छौं ।’ 
सप्तरीका प्रमुख जिल्लाअधिकारी फणिन्द्रमणि पोखरेलले वन कार्यालय र कोशी टाप्पुवन्यजन्तु आरक्ष कार्यालयलाई बालुवा तस्करी नियन्त्रण गर्न निर्देशन दिएको बताए । उनले भने,‘ अवैध बालुुवा ढिपोबारे तत्काल स्थलगत अनुसन्धान गरी आवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाउँछौं ।’

प्रतिक्रिया