प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा प्रसुती गराउने उपकरण र एम्बुलेन्स असार मसान्तमा दिइने मन्त्री साहको प्रतिबद्धता

  • चैत्र २१, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,चैत्र २० गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार आयोजित एलपिइपि कार्यक्रममा प्रदेश नम्बर २ का समाजिक बिकास मन्त्री नवल किसोर साहले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा प्रसुती गराउने उपकरण र एम्बुलेन्स असार मसान्तमा दिइने प्रतिबद्धता जनाएको छ ।

मन्त्री साहले कुष्टरोगको मुल बिरामिको सम्र्पकमा आएका ब्यक्तिहरुलाई एक मात्रा रिफाम्पीसिन औषधि खुवाई एलपिइपि कार्यक्रमको उद्घाटन गरेका थिए । शल्यक्रियाबाट प्रसुती सेवा दिनको लागी चाहिने सम्पुर्ण औजार, उपकरण र समानको लिस्ट पेश गर्नुस म असार मसान्त सम्ममा सम्पुर्ण समान उपल्बध गराउने प्रतिबद्धता व्यक्त गर्दछुु ।’ मन्त्री साहले स्वास्थ्य शाखाका सह ईन्चार्ज डम्बर गुप्तालाई निर्देशन दिदै भने, आवश्यक चाहिले सम्मपूूर्ण उपकरणको को सूची तत्काल बनाएर प्श गर्नुस् ।’

उक्त कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कुष्ट रोग र त्यसको उन्मूूलन हुने उद्देश्यवारे प्रकाश पारेका थिए । उनका अनुसार कञ्चनरुप नगरपालिका भित्र विगत १० बर्षमा एक सय ७३ जना कुष्ट रोगी फेला परेको छ । ति बिरामिहरुको उपचार भएर निको पनि भई सकेको प्रमुुख यादबले जनाए । हाल मुल बिरामीको परिवारमा र विरामीको सम्र्पकमा रहेका वरपर ६ घर परिवारको तथ्याङक संकल्न गरी ति ब्यक्तिहरु मध्येको ४ जनालाई एक कार्यक्रमकोबीच रिफाम्पीसिन औषधी खुवाएर कार्यक्रम शुभ आरम्भ गरेको छ ।

बिश्वको ८ देश मध्ये नेपाल कुष्ट रोगमा सातौं स्थानमा छ । यो कार्यक्रम नेपालभरि सम्पुर्ण स्थानीय तहमा संचालन हुने भए पनि प्रदेश नं. २ अन्र्तगत पर्ने स्थानीय तहमा कञ्चनरुप न.पा.ले पहिलो शुरुवात गरेको कञ्चनरुप नपाका स्वास्थ्य शाखाका सह ईन्चार्ज डम्बर गुप्ताले बताए ।

‘कुष्ट रोग निवारण सम्बन्धी रोग अरु मुलुकमा सफल भएकोले नेपालवाट पनि यो रोग उन्मूूलन गर्ने लक्ष्य लिएर अगाडी वढेको छ ।’ सह–संयोजक गुप्ताले भने, ‘ रिफाम्पीसिन औषधी खुवाएर कुष्ट रोग निको पारिन्छ ।’ कार्यक्रममा कञ्चनरुप न.पा. स्वास्थ्य शाखाका प्रमुख रामशेवक यादवका अनुसार कुष्ट रोग सम्बन्धी समन्वयमा तथा नेदरल्याड लेप्रोसी रिलिफ –एन एल आर) संस्थाको सहयोगमा र नेपाल सरकारको कार्यक्रम रहेको वताए । कञ्चनरुप न.पा.का स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रमका अध्यक्षता नगर प्रमुख वसन्त कुमार मिश्रले गरेको थियो ।  बिशिष्ट अतिथिका रुपमा नगर उप प्रमुख नीरु पोखरेल, प्रमुख जिल्ला अधिकारी  फनिन्द्रमणि पोखरेल, प्रमुख प्रशासकिय अधिकृत नवराज खडका र जनस्वास्थ्य निरिक्षक सुरेन्द्र यादव लगायत शुशीला चौधरी उपस्थीत थियो । सो कार्यक्रमलाई संचनलन स्वास्थ्य शाखा सह ईन्चार्ज डम्बर गुप्ताले गरेको थियो ।

प्रतिक्रिया