खलङ्गा, १३ चैत । जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् ।
शैक्षिकस्तर न्यून भएका बालबालिकालाई पढाइ शिविरमार्फत उनीहरुको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि पढाइ शिविर सञ्चालन गरिएको हो । बालबालिकाका लागि मनोरञ्जनपूर्वक सुरक्षित स्थानमा पढाइ विकास गर्न आफ्ना साथीसँगै सिक्ने अवसर प्रदान गरिएको छ । पढाइ केन्द्रमा बालबालिका विभिन्न क्रियाकलापमा व्यस्त हुने गरेका छन् । पढाइ केन्द्र पाँच सीपमा आधारित पाठ्यक्रमअनुसार सञ्चालन गर्ने गरिएको छ । बालबालिकालाई पढाइप्रति रुचि जगाउन र पठन सीपमा उपलब्धि हासिल गर्न सहयोग
प्रतिक्रिया