साउदी अरेविया,चैत्र २० गते । चमार कल्याण् समाज साउदी अरेवियाको संयोजक सुरेन्द्र महराले चमार समुदायकाका सबैजना मिलेर आफनो समाजलाई अगाडी बढाऊन आग्रह गरेका छन् ।
चमार कल्याण् समाज साउदी अरेवियाको आयोजनामा हुन गैरहेको अनलाईन अन्तरक्रियामा चमार समुुदायलाई सहभागिताका लागि आग्रह गरिएको छ ।
शुक्रबार साउदी अरेवियामा चमार समुुदायको अगुवाहरुको रियादमा सम्पन्न बैठकमा पछि संयोजक महराले सो कुरा बताएका हुन् । बैठकमा संयोजक सुरेन्द्र महरा, अध्यक्ष जितेन्द्र राम , सचिव दिपक राम,कोषअध्यक्ष विजय राम, सह–सचिव रामवलि राम र सदस्य फुन फुन राम र सुदिप रामको सहभागिता थियो ।
चमार कल्याण् समाज साउदी अरेवियाको अध्यक्ष सुरेन्द्र महराले सम्मपूर्ण चमार समुुदायलाई एकजुट हुन आग्रह गरेका हुन् । उनले भने,‘ हाम्रा प्रवासमा रहेका चमार जातिहरु एकिकृत भैसकेका छन । तपाई हामी नेपालमा बस्नेहरु अझै कत्ति दिन बिभाजन भएर बस्ने हो ? कहिलेसम्म भिन्दा भिन्दै बस्ने ?’
प्रतिक्रिया