कञ्चनपुर,चैत २१ गते । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलले समृद्ध नेपाल र सुशी नेपाली बनाउने नारालाई सार्थक बनाउन युवाहरुको प्रमुख दायित्व रहेको बताएका छन् । शनिवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ रुपनगरमा नेकपा एमाले नगर कमिटीद्वारा आयोजित राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै मण्डलले सो कुरा बताएका हुन् ।
पार्टीको निति निर्देशनलाई पालना गरी पार्टीको संगठनलाई मजबुद बनाउने अभियानमा जुट्न नेता मण्डलले युवाहरुलाई आग्रह गरेका छन् । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले युवाहरु सक्रिय रुपमा अघि बढेको ठाउँमा विकास निर्माणले तिब्रता पाएको उदाहरण पस्कदै कञ्चनरुपका युवाहरु पनि संगठित भई समाजलाई परिवर्तन गर्ने अभियानमा लाग्नुपर्ने बताए ।
राजनैतिक क्रान्ति सम्पन्न भइसकेकाले अब नेता कार्यकर्ताहरुले आर्थिक क्रान्ति गरी सामाजिक रुपान्तरण गर्ने अभियानमा जुट्नुपर्नेमा मिश्रले जोड दिए ।
नेकपा एमालेका जिल्ला कमिटिका सदस्य लक्ष्मी मण्डल, पेशल जोशी, ओविसि महासंघका केन्द्रिय प्रवक्ता मनाइ महतो , उच्च अदालत राजविराज बार एसोसिएशनका उपाध्यक्ष श्याम पोखरेल, प्रेस चौतारीका उत्तम आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य संजय पासवान, केन्द्रिय सदस्य मनिष श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता राजकुमार साह, लगायतका वक्ताहरुले अनुशासीत भई युवाहरुले अब समाजमा रचनात्मक क्रियाकलाप संचालन गरी पार्टीको संगठन चुस्त दुरुस्त बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया