कञ्चनपुर,चैत २१ गते । जेनुदिन मियाँको अध्यक्षमा एक सय ५ सदस्य राष्ट्रिय युवा संघ कञ्चनरुप नगर कमिटी गठन भएको छ । शनिबार कञ्चनरुप नगरपालिका–१२ स्थित एक पूmलबारी रिर्सोटमा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ ईन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भेला गठन गरेको संघको नगर कमिटिको उपाध्यक्षमा अजय पासवान,सचिव,धर्मेन्द्र थापा मगर,सहसचिवमा विदुर कुमार गुप्ता र कोषाध्यक्षमा बसन्ती देवी चौधरी रहेको कमिटि कञ्चनरुप नगर कमिटि गठन भएको संघका केन्द्रिय सदस्य एवं सचिवालय सदस्य संजय पासवानले जनाएको छ ।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई सपथ ग्रहरण गराइएको थियो । निर्वाचित पदाधिकारीहरुलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य मण्डलले सपथ ग्रहण गराउनुभएको थियो भने नेकपा एमालेका कञ्चनरुप नगर कमिटिका अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई प्रमुख अथिति सत्यनारायण मण्डल,कचनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्र,संघका केन्द्रिय सदस्य अभिषेक गुप्ता,एमालेका नेता भोला राउत,कञ्चनरुप नपा–८का वडाअध्यक्ष राजकुमार साह लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया