राजकुमार पासवान
राजगढ(नर्घो) । सप्तरीको राजगढ गाउँपालिकामा पोषणयुक्त नमुना गाउँ बिस्तारको लागि बहुक्षेत्रीय दृष्टिकोणमा आधारित कार्यक्रम परियोजनाको प्रारम्भ बैंठक शुक्रबार सम्मन्न भएको छ । सो परियोजना विएमजेड एवं वेल्टहँङ्गरहिल्फे सहयोग फरवार्ड नेपालको साझेदारी र राजगढ गाउँपालिका सप्तरीको समन्वयमा राजगढ गाउँपालिकामा दोश्रो चरणको तिन बर्षे परियोजना अन्र्तगत राजगढ गाउँपालिकामा बहुक्षेत्रीय पोषणको निती बिस्तार गरी पाँच बर्ष कम उमेरका बालबालिकामा हुने शिध्र तथा दीर्घ कुपोषण कम गर्ने,प्रजनन उमेरका महिलामा हुने कुपोषण कम गर्ने,बालबालिकाको न्युनतम आहार विविधतामा वद्धि गर्ने र आमा र बच्चाहरुको खानेपानीसरसफाई तथा स्वच्छता सम्बन्धि व्यहवारहरुमा सुधार ल्याउने लगायतका उदेश्यका साथ डिसेम्बर २०२० देखि डिसेम्बर २०२३ सम्म परियोजना सञ्चालन हुनेछ ।
उक्त परियोजनाको पालिका स्तरीय परियोजना प्रारम्भ बैंठकमा परियोजना संयोजक अर्चना गुप्ताले फरर्वाड नेपालको परिचय,परियोजनाको परिचय,परियोजनाको उदेश्य,परियोजनाको क्षेत्र तथा अवधि,लक्षित समुह,परियोजनामा प्रयोग हुने मुख्य औजार,परियोजनाको पहिलो चरणको प्रतिफलहरु तथा दोश्रो चरणको अपेक्षित प्रतिफलहरु,परियोजनाको गतिविधी तथा बजेट विनियोजन, परियोजना कार्यान्वयनको संरचना,परियोजनाको अनुगमन तथा मुल्याकंन र गुनासो व्यवस्थापन बारेमा प्रस्तुती गरेकी थिईन् ।
राजगढ गाउँपालिकाका अध्यक्ष परमान्द यादवले,“पोषणयुक्त नमुना गाउँ तिन बर्षे परियोजना जनप्रतिनिधिहरु तथा परियोजनाका कर्मचारीहरु बिचको सम्झदारीमा हेचार,सुझाब तथा अनुगमन गर्दै परियोजना सफल पार्ने बताए ।” फरवार्ड नेपालका कार्यकारी निर्देशक नेत्र प्रसाद सैनले,भने“पोषणयुक्त नमुना गाउँ परियोजना राजगढ गाउँपालिकाको सरकार हो यसलाई कसरी सफल पार्न तथा परियोजना उदेश्य पुर्ति हुनका लागि जनप्रतिनिधिबाट अहम भुमिका हुनुपर्ने बताए। ”
सो परियोजना सफल बनाउन राजगढ गाउँपालिका वडा नं.१ का वडाध्यक्ष नारायण यादव, वडा नं.३ का वडाध्यक्ष सितारा यादव, वडा नं.४ का वडाध्यक्ष हेमनारायण साह र वडा नं.५ का वडाध्यक्ष लक्षमीनारायण ठाकुर,प्रमुख प्रशासकिय अधिकृत रमेशकुमार यादव,स्वास्थ्य संयोजक रामचन्द्र यादव,शिक्षा अधिकृत रामभगत मण्डल,महिला शाखा संयोजक मञ्जु खतिवडा,दलित सरोकार मञ्च सप्तरीका जिल्ला संयोजक राजकुमार पासवान र महुली सामुदायिक विका केन्द्रका प्रतिनिधि र फरर्वाड नेपालका परियोजना तथा पैरवी अधिकृत टंक आर्चाय लगायतले आ–आपनो धारणा राखेका थिए ।
प्रतिक्रिया