सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको सहयोगमा परिबर्तन संस्थाले अपांगता भएका ब्यक्तिहरुलाई सहयोग सामग्री बितरण गरेको छ। धनकौल खानेपानी आयोजनाको प्राङ्गणमा आयोजित सभामा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको हो।गाउँपालिका अध्यक्ष रामाश्रय साहको अध्यक्षता एवं प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अजमदको विशेष उपस्थितिमा संपन्न कार्यक्रमका बिच करिब ५ लाख बराबरको सामाग्री बितरण गरिएको परिवर्तन संस्था बरहथवा १० का अभियानी प्रवीण यादवले जानकारी दिए।परिवर्तनका सल्लाहकार समेत रहेका बहुजन समाज परिषद नेपालका अध्यक्ष हरिनन्दन अंबेडकर तथा शिक्षक शम्भुकुमार राय समेतका अतिथिहरुले ८० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान सहित आवश्यकताका अधारमा ट्राइसाइकल ,बैसाखी ,पंखा तथा पोषण सामाग्री उपलब्ध गराएका थिए।अपाङ्ग लक्षित कार्यक्रमलाई प्रवीण यादव,अभिषेक साह,शम्भु महतो,धर्मेन्द्र साह, दिपेन्द्र यादव र बिरेन्द्र यादव लगायतका युवाहरुले सहजीकरण गरेका थिए।
प्रतिक्रिया