बहुबिवाह मुद्दाका फरार प्रतिबादी दुइ बर्ष पछि पक्राउ

  • चैत्र २८, २0७७
  • 0
...

कञ्चनपुर,चैत २७ गते । सप्तरीको महादेवा गाउपालिकाका एक जना बहुबिवाहका फरार प्रतिबादिलाई दुई बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
ईलका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटी गएको प्रहरी टोलिले शुक्रवार दिपेन्द्र कुमार दासलाई गाउँमै फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय  राजविराज सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जनाएको छ ।

प्रहरीका अनुसार महादेवा गा.पा वडा नं. ५ का दिपेन्द्र कुमार दासलाई बहुबिवाह मुद्दामा जिल्ला अदालतले २०७५ चैत २५ गतेको फैसला अनुसार १ बर्ष कैद र १० हजार जरिवाना ठहर भई फैसला भएको थियो । दासलाई जिल्ला अदालतमा उपस्थित गराउँदा प्रतिवादिलाई कैद भुक्तानको लागी करागार चलान भएको वताए ।

प्रतिक्रिया