सहयोगीद्वारा प्रदेश सचिवमा निर्वाचित पासवान सम्मानित, कञ्चनरुप नपाका जनप्रतिनिधि भन्छन्, ‘नगरभित्रका सहकारीलाई व्यवस्थित गर्न पालिका केही गरेको छैन’

  • बैशाख ४, २0७८
  • 0
...

कञ्चनपुर,बैशाख ३ गते । कञ्चनरुप नगरपालिका–३का वडासदस्य ओमप्रकाश साहले नगरपालिकाले सहकारीहरुलाई अहिलेसम्म व्यवस्थित गर्न कुनै काम गर्न नसकेको बताएका छन् । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप नपा–८ले  नयाँ बर्ष २०७८को अवसरमा शुुक्रबार आयोजित शुुभकामना अदान प्रदान र सम्मान कार्यक्रम वडासदस्य साहले सो कुरा बताएका हुन । 

‘ कञ्चनरुप नगरपालिकाले अहिलेसम्म नगरभित्रका सहकारीलाई व्यवस्थित गर्न कुनै पहल गरेको छैन ।’ वडा सदस्य साहले भने,‘ नगरभित्र कति सहकारी छ ? उनीहरुको अवस्था के छ ? भन्ने विषयमा नगरभित्र छुटै कुनै शाखा छैन ।’ सहयोगीका अध्यक्ष अनोज कुमार यादबले नगरभित्रका सहकारीहरुबीचमा आपसी सम्नबन्ध विस्तार र एकताका लागि कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष यादबले भने,‘ हामी नगरभित्र सहकारीहरुबीच आपसी तालमेल गर्न आवश्यक छ । ’ उनले भने,‘ राम्रो काम गर्ने सहकारीले आफनो सिकाई अदान प्रदान गर्न र व्यवस्थित रुपमा संचालन  लगायत सहयोग चाहिने सहकारीलाई  सहयोग गर्न पनि सहकारीबीच छलफलको जरुरी छ ।’

कञ्चनरुप नगरपालिकाका कतिपय सहकारीहरु अझै पनि व्यवीसथत भएको छैन ।  सहयोगीका व्यवस्थापक बिनोद कर्णले कञ्चनरुप नगरपालिका भित्रका सहकारीबीच मर्ज गर्नुु पर्ने अवस्था आए आफनो संस्थाका त्यसको लागि पहलकदमी लिन तयार रहेको बताए ।  कार्यक्रममा नगरभित्रका सहकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगीका अध्यक्ष अनोज कुमार यादबले गत चैत्र २५ गते नेपाल पत्रकार महाँसघको निर्वाचनमा प्रदेश २का सचिव पदमा निर्वाचित अवलोकित दैनिकका सम्पादक भोला पासवानलाई गम्छा र सम्मान पत्रले सम्मानित गरेका थिए । 
 

प्रतिक्रिया