कतार । कामको सिलसिलामा विदेशमा रहेका एक जनाले जन्मदिनको अवसरमा मोहत्तरीको सोनमा गाउँपालिका–८ शिवनगरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
चमार कल्याण समाज नेपाल आयोजनामा साईप्रसमा प्रकाश बराईलीले पत्नी अन्जना बराईली लिम्बुको जन्मदिनको अवसरमा गरेको सहयोगबाट एक सय २० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । स्थानीय जेष्ठ नगरिक चुलिया देवि महराको हातबाट सो शैक्षिक सामग्री बितरण गरिएको हो ।
शैक्षिक सामग्री पाएपछि बालबालिका खुुशी भएको र शिक्षा प्रति दलित बालबालिका झुकाब बढ्ने चमार कल्याण समाज नेपालले जनाएको छ ।
प्रतिक्रिया