कञ्चनपुर,बैशाख ४ गते । राष्ट्रिय उद्योग व्यवसाय महासंघको वृहत जिल्ला भेलाले शनिवार संजय पासवानको अध्यक्षतामा ४१ सदस्य कमिटि गठन गरेको छ ।
सप्तरीको राजविराज नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय मदननगरमा भएको भेलाले पासवानको नेतृत्वमा ४१ सदस्य कमिटि गठन भएको हो । सो कमिटिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार झा, उपाध्यक्षमा बनारस साह, सचिवमा जय कुमार तामाङ, कोषाध्यक्ष्मा पवित्रि देवी यादब र सहसचिवमा अफरोज आलम चयन भएको अध्यक्ष पासवानले जनाएको छ ।
उक्त कार्यक्रम महासंघका केन्द्रीय कमिटिका सदस्य रामदेव खंगको अध्यक्षतामा सम्पन्न भएको थियो, भने कार्यक्रम सञ्चालन केन्द्रीय कमिटिका सदस्य सुरेश कुमार सिंहले गरेका थिए ।
प्रतिक्रिया