कञ्चनपुर,बैशाख ५ गते । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा सप्तरीका १४ पालिकाका ५८ विद्यालय छनौट भएको छ ।
कञ्चनरुप नगरपालिकाले नीतिगत रुपमा शिक्षालाई प्राथमिकता दिएपनि उक्त कार्यक्रम अन्तर्गत एउटै विद्यालय छनौट हुन सकेन । छिमेकी सप्तकोशी नगरपालिकाका ११ विद्यालय उक्त कार्यक्रम अन्तर्गत छनौटमा परेका छन् । उक्त कार्यक्रमअन्तर्गत मुलुकभरका ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरिएको छ । कार्यक्रमका लागि ६ हजार ९ सय २१ वटा विद्यालयले आवेदन दिएका थिए ।
छानिएका विद्यालयलाई ६ लाख ५० हजारदेखि १ करोडसम्म बजेट उपलब्ध गराइएको छ । कार्यक्रममा भवन, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामग्री÷शैक्षिक सामग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामग्रीको विकासलगायत समेटिएको अर्यालको भनाइ छ। राष्ट्रपति कार्यालयमा दर्ता भई प्रधानमन्त्री कार्यालयमार्फत प्राप्त १८, सूचना अवधिमा राष्ट्रपति कार्यालयमा दर्ता भएका थप १ सय १ र केन्द्रको वेबसाइटमार्फत ५ हजार ५ सय ५७ र मन्त्रालयमा दर्ता गराएका १ हजार ३ सय ४५ गरी ६ हजार ९ सय २१ विद्यालयको आवेदन परेको थियो। उनीहरूबाट कार्यक्रमका लागि १४ अर्ब ३५ करोड १९ लाखबराबरको रकम माग भएको थियो। तर, मन्त्रालयले ५ अर्बको बजेटअनुसार ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरेको हो ।
मन्त्रालयले भौतिक पूर्वाधार विकास, मर्मत तथा संरक्षणका लागि ड्रइङ डिजाइन, लागत अनुमान हेरेको जनाइएको छ। लागत सीमा २५ लाखभन्दा बढी भएकोमा औचित्यसमेत हेरी गरी छनोट गरिएको छ। यसरी छनोट गर्दा विद्यालय प्रबलीकरण (रेट्रोफिटिङ) र लागत साझेदारीका लागि प्राप्त प्रस्तावलाई प्राथमिकतामा राखिएको छ। विद्यार्थी तथा शिक्षक संख्या, भौतिक पूर्वाधार आदि विवरणको अध्ययन विश्लेषण गरिएको छ। विद्यालय भवन निर्माणमा दुईदेखि चार कोठासम्म प्रतिदुई कोठाका लागि १८ लाख अनुदान उपलव्ध गराइनेछ। प्रारम्भिक बालविकास, विज्ञान प्रयोगशाला, सूचनाप्रविधि प्रयोगशाला, पुस्तकालयका लागि भवन निर्माण गर्न एक ब्लक (दुई कोठा)बराबरको अनुदान १८ लाख उपलब्ध गराइनेछ। शौचालयका लागि ७ लाखका दरले, खानेपानी माग गर्ने विद्यालयलाई ७÷७ लाख अनुदान उपलब्ध गराइनेछ। शैक्षिक सामग्री व्यवस्थापनअन्तर्गत शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका कम्प्युटर खरिद गर्न ५० हजारका दरले १० वटाका लागि रकम उपलब्ध गराइनेछ। ल्याबको फर्निसिङका लागि प्रतिविद्यालय १ लाख ५० हजार गरी ६ लाख ५० हजार र गुणस्तरीय शिक्षाका लागि÷शिक्षण सिकाइमा नवीनतम प्रविधिको प्रयोगसम्बन्धी विषयमा ६ लाख ५० हजार दरले, सोभन्दा कम माग गर्ने विद्यालयलाई मागअनुसारको अनुदान उपलब्ध गराइने भएको छ ।
विज्ञान प्रयोगशाला सामग्री र पुस्तकालय सामग्रीका लागि आवेदन गरेका माविका लागि पनि ६ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइने भएको छ। नगुरप्रमुख मिश्र भन्छन्,‘ कार्यक्रमबारे मलाई केही थाह छैन’ शिक्षा अधिकृत भन्छन्,‘नगरभित्रका विद्यालयलाई कार्यक्रम नपरेकै बेश’
कञ्चनरुप नगरपालिकाका भित्र ३१ ओटा सामुदायिक विद्यालय छन् । तीमध्ये ९० प्रतिशत विद्यालयको भौतिक पूर्वाधारदेखी खानेपानी र शौचालय समेतका समस्या छ । तर कागज र भाषणमा शिक्षालाई पहिलो प्राथमिकता राखेका कञ्चनरुप नगरपालिका भित्र विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि नगरपलिकाबाट पनि प्रर्याप्त बजेट विनयोजन गरेको छैन । न त संघीय सरकारबाट आउन सक्ने बजेटका लागि विद्यालयहरुलाई सहजीकरण समेत गरेको छैन ।
कञ्चनरुप नपाका नगर प्रमुख वसन्तकुुमार मिश्रलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्गर्त कञ्चनरुपमा किन एउटै विद्यालय छनौट नभएको प्रश्न गर्दा मिश्रले उक्त कार्यक्रमबारे आफुुलाई कुनै जानकारी नभएको बताए । उनले भने,‘ मलाई यसबारे कुनै जानकारी छैन,शिक्षा शाखासँग सोध्नुुहोला ।’ कञ्चनरुप नपाको शिक्षा शाखाका शाखा अधिकृत प्रेम चौधरीले उक्त कार्यक्रमका लागि विद्यालयका प्रअहरुलाई फारम भर्न भनेको तर कति विद्यालयले उक्त फारम भरेको शिक्षा शाखासँग कुनै जानकारी नभएको बताए । ‘सर्वोदय माबि र शंकर माबि सुुब्बाटोलले भरेको त मलाई थाह छ,तर अरु कुन कुन विद्यालयले भरे थाह छैन ।’ शाखा अधिकृत चौधरीलाई कञ्चनरु नपाका विद्यालयमा उक्त कार्यक्रम नपरेकोमा कुनै पश्चताप छैन ।
शाखा अधिकृति चौधरीले भने,‘ कञ्चनरुप नपाका विद्यालयमा कार्यक्रम परेन ठिकै भयो,यहाँ कार्यक्रम आएपनि कार्यान्वयन हुदैन,त्यसैले नआएकै बेश ।’
प्रतिक्रिया