कञ्चनपुर,बैशाख ७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका निर्वाचित जनप्रतिनिधि आइसकेपछि नगरपालिका मातहत रहेका सार्वजनिक पोखरीबाट आउने राजश्वमा कमी आएको छ । कतिपय वडामा कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरु सित्तैमा माछा खान पाएपछि ठेक्का पट्टामा लगाउनुुका सट्टा व्यक्तिगत रुपमा पोखरी प्रयोग गरिरहेका छन् ।
कञ्चनरुप नपाको मातहत रहेका २५ ओटा सार्वजनिक पोखरीमध्ये ५० प्रतिशतको अवस्था जीर्ण भएको छ । नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि नगरपालिका भित्र रहेका २५ सार्वजनिक पोखरीमध्ये चालुआर्थिक वर्षमा १२ ओटा पोखरी ठेक्का लागेका छन् । कञ्चनरुप नगरपालिकाका विभिन्न वडाबाट संकलित सूचनाका आधारमा १२ वटा पोखरी २५ लाखमा ठेक्का पट्टा लागेको बताइएको छ । कञ्चनरुप न.पा.भित्र रहेका पोखरीहरु मध्ये सब भन्दा ठूलो पोखरी वडा नं. २ स्थित बरमझियाको पुरनी नामको पोखरी हो । स्थानीय ईस्लाम शेख (मुन्ना) का अनुसार पुरनी पोखरी सार्वजनिक भएदेखि साविकको गाँउ बिकास हुदा सम्म ५ लाख ५१ हजार सम्ममा पोखरी ठेक्का पट्टा लाग्दै आएको थियो । तर, नगरपालिका गठन देखि स्थानिय चुनावबाट निर्वाचित जनप्रतिनिधिले हालसम्म ठेक्का नलागाएर नगरप्रमुख बसन्त कुमार मिश्र र वडा नं. २ का वडा अध्यक्ष लगायतका प्रतिनिधिहरु मनमौजी हिसाबले प्रयोग गर्न लगाइरहेका छन् ।
पुरनी पोखरीलाई निहीत स्वार्थमा प्रयोग गर्न दिदाँ र्जिण अवस्थामा पु¥र्याई दिएको छ । पोखरी ठेक्काबाट लाखौं रुपैया उठने राजश्व अनियमित्ता भइरहेको स्थानीयको आरोप छ । पुरनी पोखरीलाई लामो समय देखि बुझने र अहिले माछा मारेर नगरपालिकालाई पैसा बुुझाउँदै आएका ब्रिजेश्वर मुखियाका अनुसार पोखरी र्जिण अवस्थामा पुग्न लागेको छ । उक्त पोखरीमा कञ्चनरुपका नगरप्रमुख वसन्तकुमार मिश्रले माछाको भुरा हाल्ने गरेको र स्वयम उपस्थित भएर माछा मार्न लगाएर बिक्री गर्दै आइरहेका छन् ।
‘पुरनी पोखरीको अवस्था यो भन्दा पहिलो कहिले यस्तो भएको थिएन ।’ ब्रिजेश्वरले भने,‘नगरपालिका गठन भएदेखि मेयर मिश्रले तीन वर्ष देखि मलाई माछा मार्ने जिम्मा दिएको छ ।’ मुखियाका अनुसार गत वर्ष माछा मारेर हटिया बजारमा बिक्रि गरि एक लाख रकम मिश्रलाई बुझाएका बताए । उनले भने,‘चालु आ.व.को अहिले सम्ममा माछा वापत ५९ हजार रकम पनि मिश्रलाई बुझाएको र २५ हजार बरावरको माछा निकाल्न बाँकी रहेको छ । ’ मुखियाले भने,‘वडा नं. २ का जनप्रतिनिधिहरुको चाहना नभएर पोखरी ठेक्का पट्टा नलागेको हो । नगरपालिकाले केहि मात्रामा माछाको जिरा हाल्छ र माछा ठूलो भएपछि सबै जना मिलेर सितैमा पोखरीका माछा खान्छ ।’
पोखरी ठेक्कामा लगाएपछि सित्तैमा माछा खान नपाउने भएकाले ठेक्का पट्टातर्फ ध्यान नगएको स्थानीयहरुको भनाई छ । नगरपालिका हुनु भन्दा पहिलो ५ लाख ५१ हजारमा ठेक्का पट्टा लाग्ने पोखरी जनप्रतिनिधि आएपछि कति आम्दनी ग¥यो ? नगरपालिकाले सार्वजनिक गर्नु पर्छ ? स्थानीय मुुना शेखले भने,‘ तीन बर्षदेखि वडा कार्यालयका जनप्रतिनिधि र नगरपालिकाको मेयरको प्रत्यक्ष संल्गनतामा पोखरीको माछा सित्तैमा खानेदेखि माछा वापतको रकम दुरुपयोग हुदै आईरहेको छ ।’
पोखरीको माछा बेच्दै आएका मुखियाले भने,‘पोखरीको माछा निकाल्ने देखि बिक्रि बितरण गरेर रकम बुझाउनको लागी मेयर मिश्रले जिम्मा दिए पनि वडाका जनप्रतिनिधिहरु भाग बण्डामा लगातार माछा खादै आईरहेको छ ।’ गत वर्ष वडा नं. २ का वडा अध्यक्ष मेहदी हुसैनले २०किलो ,वडा सदस्य अकबर अलि शेखले २० किलो , फिरोज शेखले ५० किलो र गुणेश्वर झाले ३० किलो माछा भागवण्डामा लिएको भएपनि एक रुपैमा पनि पैसा नदिएको मुुखियाले बताए ।
उनका अनुसार चालु आ.व.को अहिले सम्ममा पुनः वडा अध्यक्ष हुसैनले ५ किलो , असोक झाले ४ हजार एक सयको , फिरोज शेखले २ हजार ६ सय ५० रुपैया बरावरको , वडा सदस्य अकबर अलि शेखले एक हजार ६ सय रुपैया बरावरको माछा लिएको छ । वडा नं. १ का वडा सदस्य सोभा यादवले एक हजार ५० रुपैयाको र मेयरको गाडी चालकले ६ सयको माछा लिएको छ । तर कसैले एक सुको रकम नदिएको ब्रिजेश्वर मुखियाले वताए ।
वडा नं. २ का वडा अध्यक्ष मेहदी हुसैनका अनुसार आफ्नो वाडमा आम्दनीको रुपमा दुई वोटा पोखरी रहेपनि ठेक्का नलागेको वताए । पुरनी ठुलो पोखरीको जिम्मा मेयर बसन्त कुमार मिश्रले नै लिएकोले यसमा वडाको कुनै सरोकार छैन । वडाअध्यक्ष हुसेनले भने, ‘चालु आ.व.मा पुरनी पोखरीको रेखदेख भनेर वडाले दुई जना पहरदार राखेको छ ।’ पहरदारको तलव कुल माछाको एक हिसा दिने भनेर राखे पनि पोखरीको डिल संरक्षण हुन नसकेर पोखरीको संरचना नै सखाप हुने तिर छ ।
वडा अध्यक्ष हुसेनसँग पोखरीको माछा तपाई लगायत वडा सदस्य र तपाईको केहि पार्टी कार्यकर्ता लगायत वडा नं.१ का समेत जनप्रतिनिधिले निजि सम्पती जस्तै माछा भाग भण्डा गरेर स्थानीय राजश्व हिना मिना भएको सन्दर्भमा बुुझदा वडाअध्यक्षले भने केही वताउन चाहेनन् । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र संग वडा नं. २ मा भएका पोखरीवाट माछा वापत के कति रकम पाउनु भएको हो र नगर भित्र रहेका पोखरीहरुको अबस्था के कस्तो छ बारे बुझदा मिश्रले केहि बताउन चाहेन । उनले भने,‘अहिले कोरोना महामारीको बारेमा कुरा गर्नु पोखरीको कुरा पछाडी गरे पनि केहि फरक पर्देन ।’ नगर प्रमुख मिश्रले विगत देखि भन्दै आईरहेको वाक्य पुनः दोहराउँदै भने, ‘यस पालि पोखरीहरु मर्मत संभार हुन्छ ।’ तर नगर भित्र रहेको जिर्ण अवस्थाका पोखरीहरुका लागी मर्मत संभारमा नगरपालिकाले कुनै किसिमको बजेट बिनियोजन गरेको छैन् ।
प्रतिक्रिया