कञ्चनपुर,बैशाख १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले दोस्रो लहरको कोरोना संक्रमण दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि मंगलबारदेखी नगरभित्रको बिद्यालय बन्द गर्ने भएको छ ।
कञ्चनरुप न.पा.ले सोमबार एक बिज्ञप्ती जारि गर्दे कञ्चनरुप नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी बिद्यालय , मदरसा, टयूसन सेन्टर समेत अर्को आदेश नभएसम्मको लागि बन्द रहने जनाएको छ । नेपाल सरकार कोभिड संकट ब्यवस्थापन केन्द्र छाउनीले जारी गरेको बिज्ञप्ती अनुसार समुदायिक तथा संस्थागत बिद्यालयहरु तथा शिक्षालयमा भौतिक उपस्थित नभई भर्चुवल र बैकल्पिक माध्यमबाट मात्र पठन पाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारको परिक्षाहरु स्थगित गर्ने भनी उल्लेख छ ।
प्रतिक्रिया