कञ्चनरुपमा कोरोना (कोभिड–१९)को नाममा ३ करोड ३१ लाख भन्दा बढी खर्च

  • बैशाख १५, २0७८
  • 0
...

राजकुमार साह
क्ञ्चनपुर,बैशाख १४ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले गएको बर्ष कोरोना (कोभिड–१९) को नाममा ३ करोड ३१ लाख भन्दा बढी खर्च गरेको छ । 

कञ्चनरुप नगरपालिकाको लेखा शाखाले दिएको खर्च विवरण अनुसार कोरोना संक्रमण (कोभिड–१९) का नाममा ३ करोड ३१ लख ५३ हजार ८ सय १५ रुपैया खर्च भएको जनाएको छ । उक्त खर्च कोरेन्टाइन होल्डिङ्ग सेन्टर निर्माण तथा ब्यवस्थापन , जनशक्ति परिचालन खाना मा ९२ लाख ३७ हजार ४ रुपैया , राहत वितरणमा १ करोड २ लाख २ हजार ,कोरेन्टाइन आईशोलेसन केन्द्र निर्माण ब्यवस्थापनमा १९ लाख ५० हजार र औषधि एंव स्वास्थ्य उपकरण तथा सामग्री खरिद जनचेतना अभिमुखिकरण कार्यक्रम (शिक्षा, सरसफाई र स्वास्थ्य समेत)मा ९१ लख ६४ हजार ७ सय ३१ रुपैया खर्च गरेको छ । 

कोरोनाको दोस्रो लहरले केही दिनदेखि नेपालमा पनि संक्रमण बढन लागेकोले कञ्चनरुप न.पाले धर्मेश्वर समुदायिक भवनमा २७ बेडको कोरोना अस्पताल ब्यवस्थापनमा जुटेको न.पा.का स्वास्थ्य शाखा ईन्चार्ज रामशेवक यादवले वताए । ईन्चार्ज यादवका अनुसार कोरोनाको पहिलो चरणमा खरिद गरेको स्वास्थ्य सामग्री नै अहिले २७ वेडको लागी प्रयोगमा ल्याउन लागेको  वताए । 

अवलोकित दैनिकले पटक पटक कञ्चनरुप नगरपालिकाले कोरोनाका नाम गरेको खर्चको विस्तृत विवरण  माग गरेपनि संक्षिप्त खर्च विवरण मात्रै उपलब्ध गराएको छ । देशरभरका पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले कोरोनाका नाममा अपारदर्शी र अनियमितता गर्ने गरेको थुप्रै घटना बाहिरिएको छ । कोरोनाभाईरसको नाममा स्थानीय तहहरुमा अनियमितता थप बढेको महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक अध्ययनले देखाएको छ । गत वर्षको चैत —वैशाखमा स्थानीय तहले वडाबाट चामल, तेल बाँडेर त्यसमा अस्वाभाविक खर्च देखाएको छ ।
    कञ्चनरुप नगरपालिका एक कार्यपालिका सदस्यका अनुसार   कोरोनामा के कति रकम कुन शिर्षकमा खर्च भयो भन्ने विस्तृत हिसाव कार्यपालिकाको बैठकमा पेश नभएको बताए । ती सदस्यले भने,‘ हामी पनि पत्रपत्रिका पढेर नै धेरै कुरा थाह पाउँछौं,नगरपालिका हुने कुनै खर्च पार्दशी छैन ।’

प्रतिक्रिया