कञ्चनपुर,बैशाख १५ गते । सप्तरीको सुरुङ्गा नगरपालिका १ तेतरियामा करेन्ट लागी एक जनाको ज्यान गएको छ ।
सुरुङ्गाा नगरपालिका १ का १६ बर्षिय रामु सदाको मोबाईल चार्ज गर्ने क्रममा करिब १३ः५० बजेको समयमा करेन्ट लागी बुधवार उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जनाएको छ ।
प्रहरीका अनुसार रामु सदाईको हातको औलामा करेन्ट लागी घाईते भई उपचारको लागी लादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकको शव रामकुमार सारदा उमा प्रसाद मुरारका स्मारक अस्पताल लाहान सिराहामा पोष्टमार्टमको लागी राखिएको छ भने मृतक शवको कानुन बमोजिम अनुसन्धान कार्य भईरहेको प्रहरी डिएसपी काफ्लेले वताए ।
प्रतिक्रिया