कञ्चनपुर,बैशाख १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा आईतबार ८ जना व्यक्तिको कोरोना जाँच गर्दा ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
कोभिड अस्थाई अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरले आईतवार ऐन्टीजेन विधिवाट ८ जनालाई जाँच गर्दा ६ जनामा संक्रमण भेटिएको हो । जाँच गराउन अएका बिरामिहरुमा ज्वरो ,रुघा र सुखा खाँसि भईरहदा कोरोनाको लक्ष्ण देखेकोले अस्पतालले जाँच गरेको थियो ।
कञ्चनरुप न.पा वडा नं. ८ का दुई जनामा एक जना ५६ वर्षिय महिला र एक जना ६९ वर्षिय पुरुष छन् । त्यसतै वडा नं. ५ का दुई जनामा एक जना ४० वर्षिय र अर्को एक जना ३६ वर्षिय पुरुष रहेका छन् । ईलका प्रहरी कार्यालय कञ्चनपुरका दुई जना प्रहरी पनि संक्रमित भएका छन् । जसमा एक जना ४७ वर्षिय पुरुष र २२ वर्षिय महिला हुन ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले राजविराजमा ११ जनाको जाँच गर्दा ९ जना , कञ्चनरुप नपामा ८ जनाको जाँच गर्दा ६ जना र धरानमा एक जना गरि १६जना कोरोना पोजेटिभ देखिएको बताए । वडा नं. ८ का संक्रमित घरमै बसिरहेका थिए भने वडा नं. ५का ५ दिन पहिलो भारतको हरियनावाट घर अएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख दुनियालाल यादवका अनुसार ६ जना संक्रमितहरुको होम आईसोलेस्नमा उपचार भईरहेको छ । सवै संक्रमितको अवस्था नरमल रहेको यादवले वताए । नेपाल भरी सवै प्रदेश , स्थानीयतह , जिल्ला र शहरहरुमा संक्रमण दर दिन प्रतिदिन बढि रहेको अवस्थामा कञ्चनरुप नगरपालिले नगरभित्र लागिरहेको हाट बजार अहिलेसम्म बन्द गरेको छैन् । ८० प्रतिशत संक्रमण एकै दिनमा नगर भित्र संक्रमित भेटे पनि न.पा.कै अगाडीमा लागेको हाटमा कुनै किसिमको सुरक्षा र मापदण्ड अपनाईएको छैन् । नगरप्रमुख वसन्त कुमार मिश्र संग हाटबजार समबन्धमा बुझदा सोमबार ईलका प्रहरीसंग बैठक बसेर ब्यवस्थापन गर्ने वताए ।
प्रतिक्रिया