कञ्चनरुप नपा १५ सहित सप्तरीमा एकै दिन ४१ जनामा कोरोना संक्रमण

  • बैशाख २१, २0७८
  • 0
...

कञ्चनपुर, वैशाख २० गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा १५ सहित सोमबार मात्रै ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या १३२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कञ्चनरुप वार्ड नम्बर २मा ४ जना ( २ महिला,२ पुरुष) वार्ड नम्बर ८मा ८ जना र वार्ड ५मा २ जना तथा वार्ड नम्बर १२ मा एक जना संक्रमित भएका छन् । उनका अनुसार सोमबार ६५ जनाको पिसिआर परिक्षण आउँदा ४१ जना पोजेटिभ आएको हो ।

राजविराज नगरपालिका–८ र ६ का ४–४ जना तथा वडा नम्वर १, ७ र ९ का १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी रुपनी गाउँपालिका–१ का ३ र २ का १ जना, राजगढ गाउँपालिका–३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका–१ का ३ र ८ का १ जना, कञ्चनरुप नगरपालिका–२ का ४ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए ।

यसैगरी, सप्तकोशी नगरपालिका–१ का २ जना, डाकनेश्वरी नगरपालिका–९, ७ र १० का १–१ जना, बोदे बरसाइन नगरपालिका–४ र ६ का १–१ जना, महादेवा गाउँपालिका–३ का २ जना, वडा नम्वर ४ का ३ जना र खडक नगरपालिका–४ का १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया