कञ्चनरुप नपामा भारतबाट आएकाहरू सिधै घरतिर,भारतबाट आएका ६ मध्ये ३ जनामा कोरोना सक्रमण

  • बैशाख २३, २0७८
  • 0
...

राजकुमार साह

कञ्चनपुर,बैशाख २२ गते । कञ्चनरुप नगरपालिकामा होल्डिङ सेन्टर नहुँदा भारतबाट आएका नेपाली सोझै घर पुग्ने गरेका छन् ।

नेपाल भित्रँदा गरिने एन्टिजेन परीक्षणमा कारोना पुष्टि भए पनि उनीहरूलाई रोकेर राख्ने ठाउँ छैन । जसले गर्दा संक्रमण सहजै समाजमा फैलिने गरेको छ । क्ञ्चनरुप नगरपालिकामा गत बैशाख १९ गते भारतबाट आएका ६ जनामा ऐन्टिजेन विधिबाट परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमम पुष्टि भएको थियो । कञ्चनरुप नगरपालिकाले सर्वोदय माबिमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेपनि व्यवस्थापन गर्न अझै केही समय लाग्छ ।

कञ्चनरुप नगरपालिकामा भारतीय बजार भिमनगर नाका र कुनौली नाकाबाट दैनिक रुपमा कञ्चनरुप नगरपालिका आउने गर्दछ । कञ्चनरुप नगरपालिका–१०का जगदेव सदाले भने,‘भारतबाट आएकाहरू सार्वजनिक यातायातमा घर जाँदा संक्रमणको जोखिम बढाएको छ,’ । उनले भने,‘ उनीहरूलाई केही दिन होल्डिङ सेन्टरमा राखेर सुरक्षित रूपमा घर पु¥याउने व्यवस्था गर्न नगरपालिकामा सम्पर्क गर्दा कुुनै वास्ता गरेको छैन ।

अवस्था यस्तै रहे स्थिती भयावह हुन्छ ।’ कञ्चनरुप न.पाका स्वास्थ्य शाखाका अनुसार भारत लगायत तेस्रो मुलुकवाट आउने नागरीकहरु सीधा बस्तीमा प्रवेश नहुन दिनको लागी न.पा. भित्रमा होल्डीङ्ग सेन्टरको अतिनै आवश्यक्ता रहेकोले शाखाले यसवारै न.पा.मा प्रस्ताव गरेको वताए । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्त कुमार मिश्रका अनुसार नगरपालिकाले बुधवार (आज) सर्वोदय मा.वि. स्कुल कञचनपुरमा होल्डीङ्ग सेन्टरको वारेमा निर्णय गरे पनि ब्यवस्थापनमा दुई तिनदिन लागने भएकोले तव सम्म वाहिरवाट आउनेको लागी केहि गर्न नसक्ने बताए ।

प्रतिक्रिया